१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साना किसानको बैङ्क खातामा मधेश सरकारले सिधै १० हजार पठाइदिने

अ+ अ-

जनकपुरधाम । मधेश सरकारले साना किसानको बैङ्क खातामा सिधै १० हजार रुपैयाँ पठाइदिने भएको छ ।

प्रदेशका सीमान्तकृत तथा न्यून आर्थिक अवस्था भएका किसान र कृषि मजदुर वर्गको खाद्य सुरक्षा तथा गरिबी निवारणमा सहयोग पुर्‍याउन भन्दै प्रदेश सरकारले मुख्यमन्त्री किसान उत्थान कार्यक्रम कार्यान्वयन कार्यविधि बनाएको छ ।

एक साताअघि मन्त्रिपरिषद्को बैठकले यो कार्यविधि स्वीकृत गरेपछि सरकारले किसानको खातामा सोझै १० हजार रुपैयाँ पठाउने भएको हो ।

मानव विकास सूचकाङ्कमा पछाडि रहेका वर्ग तथा शहीद परिवार, राजनीतिक आन्दोलनका गम्भीर घाइते, फरक क्षमता भएका व्यक्ति, सीमान्तकृत, दलित, अल्पसङ्ख्यक समुदाय, एकल महिला तथा कृषि पेसाबाहेक निर्वाहको अन्य कुनै साधन उपाय नभएका साना किसानलाई प्राथमिकता दिएर यो रकम पठाइने प्रदेश सरकारले जनाएको छ ।

तत्काल एक जिल्लाको एक पालिकामा परीक्षणको रुपमा यो कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र साहले जानकारी दिए । उनका अनुसार बिउविजन, मलखाद, सिँचाइ, विषादी तथा अन्य उत्पादन सामग्रीको व्यवस्थापन गर्न रकम अभाव हुने किसानलाई नगद सहयोग गर्न लागिएको हो ।

भूमिहीन, गरिब, विपन्न तथा सामाजिक रुपमा पिछडिएका साना किसान, एकल महिला, मधेश आन्दोलनका शहीद र घाइते परिवारको आयआर्जन तथा जीविकोपार्जनमा टेवा पुर्‍याउन अनुदान स्वरुप रकम उपलब्ध गराउने मन्त्री साहले बताए ।

कार्यविधि अनुसार लाभग्राही छनोटका लागि सम्बन्धित जिल्लाका कृषि ज्ञान केन्द्रका प्रमुख संयोजक रहने समिति गठन हुनेछ । जसमा भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख, सम्बन्धित स्थानीय तहको कृषि शाखा प्रमुख, सम्बन्धित कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख सदस्य एवं संयोजकले तोकेको प्राविधिक अधिकृत सदस्य सचिव रहनेछन् ।

विनियोजित बजेटको तुलनामा लाभग्राहीको आवेदन संख्या बढी भएमा प्राथमिकता क्रम बमोजिमको मापदण्डमा पर्ने आवेदकलाई अनुदान दिने कार्यविधिमा उल्लेख छ । लाभग्राहीले वर्षमा एक पटक बैङ्क खातामा १० हजार रुपैयाँ पाउनेछन् ।

आवेदन दिन के चाहिन्छ ?

यो अनुदान पाउन साना किसानले केही कागजातसहित आवेदन दिनुपर्छ । घरमुलीको नागरिकता, एकाघरका सदस्यको नाममा भएको सम्पूर्ण जग्गाको लालपुर्जाको प्रतिलिपि वा जग्गा भाडामा लिएको भए जग्गा धनीसँगको सम्झौता पत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ ।

सम्बन्धित स्थानीय तहबाट निवेदनको जीविकोपार्जनको पेसा कृषि रहेको सिफारिस पनि चाहिने कार्यविधिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस