१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फेवातालको मापदण्ड घटाउनुका कारणबारे लिखित जवाफ दिन पोखरा महानगरलाई सर्वोच्चको आदेश

अ+ अ-

काठमाडौँ । पोखरा महानगरलाई फेवातालको मापदण्ड घटाउनुका कारणबारे लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ दिन आदेश दिएको हो।

‘फेवातालका विषयमा के कसो भएको हो ? निवेदकको माग बमोजिम आदेश किन नदिने ? आधार र कारण छ भने पेस गर्न पोखरा महानगरलाई आदेश दिएको छ,’ अधिवक्ता खगेन्द्र सुवेदीले भने, ‘बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ दिन उत्प्रेषण परमादेश आएको छ।’

फेवातालसहित पोखराका ९ वटै तालको मापदण्ड आधाभन्दा बढी घटाएको भन्दै अधिवक्ता सुवेदी, सरोजनाथ प्याकुरेल, कृष्णहरि खड्का र दीपेन्द्रप्रसाद घिमिरेले जेठ ११ मा सर्वोच्च अदालतमा रिट दिएका थिए।

रिट निवेदनमा उनीहरूले पोखरा महानगर, राष्ट्रिय ताल संरक्षण समिति काठमाडौँ, पोखरा उपत्यका नगर विकास समिति र प्रदेश सरकार मातहतको ताल संरक्षण विकास प्राधिकरणलाई विपक्षी बनाएका थिए। अधिवक्ता सुवेदीका अनुसार सर्वोच्चले यी सबै संस्थालाई उक्त आदेश दिएको छ।

सर्वोच्च अदालतले फेवाताल संरक्षणका सम्बन्धमा अन्तरिम आदेश दिने कि नदिनेबारे छलफल गर्न यही जेठ २३ गते वादी र प्रतिवादी दुवै पक्षलाई बोलाएको छ।

आदेशमा भनिएको छ, ‘निवेदकले अन्तरिम आदेशसमेत माग गरेका सन्दर्भमा विचार गर्दा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने सम्बन्धमा दुवै पक्षलाई राखी छलफल गर्न उपयुक्त देखिँदा छलफल प्रयोजनार्थ २३ गते उपस्थित हुनू।’

रिट निवेदकले महानगरले तालको मापदण्ड घटाउने निर्णय लिएपछि अवैध संरचनाले वैधता पाउने बाटो खुलेको, ताल अतिक्रमणलाई प्रोत्साहन दिएको र वातावरण विनाश गरेको भन्दै तत्काल रोक्न अन्तरिम आदेश माग गरेका थिए।

सर्वोच्चमा जेठ २३ गतेको छलफलपश्चात् अन्तरिम आदेशका विषयमा सर्वोच्च अदालतले निर्णय लिने अधिवक्ता सुवेदीले बताए।

महानगरको गत चैत १६ गते बसेको ५५ औँ कार्यपालिका बैठकले फेवातालसहित पोखराका तालहरूको मापदण्ड घटाएको थियो। यसअघि जिल्ला परिषदबाट तोकिएको फेवातालको ६५ मिटर मापदण्डबाट घटाएर महानगर कार्यपालिका बैठकले ३० मिटर कायम गरेको थियो।