१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोल्पा कारागार आत्महत्या प्रकरणः अनुसन्धान टोलीको लर्को

अ+ अ-

रोल्पा । गत जेठ ४ गते रोल्पा कारागारमा एक कैदीबन्दीको आत्महत्याका विषयमा सरकारी तथा गैरसरकारी निकायहरूले स्थलगत अनुसन्धान सुरु गरेका छन् ।

सुर्खेत घर भई रोल्पा कारागारमा रहेका भनिएका विजयविक्रम शाहका नाममा कैद भुक्तान गरेका बाँके नेपालगन्ज उपमहानगरपालिका-२ घरबारी टोलका सुन्दर हरिजनले उक्त कारागारको शौचालयमा झुन्डिएर आत्महत्या गरेका थिए ।

घटनापछि मात्रै एक व्यक्तिको नामको कैद अर्को व्यक्तिले भुक्तान गरेको रहस्य खुलेको थियो ।

सो घटनाको सत्य तथ्य पत्ता लगाउन सरकारको मन्त्री स्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाइको नेतृत्वमा सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी एक समिति गठन गरिएको छ ।

समितिका सदस्यहरू शनिवार रोल्पा आउने कार्यक्रम छ । यसअघि कारागार व्यवस्थापन विभागका निर्देशक झकेन्द्र चापागाईँको नेतृत्वमा गठित समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाइसकेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले नेपालगन्ज क्षेत्रीय कार्यालयका उपसचिव झङ्करबहादुर रावलको नेतृत्वमा समिति गठन गरी बिहीबारदेखि अनुसन्धान सुरु गरेको छ । सो समितिको टोलीले स्थानीय प्रशासन, सुरक्षा अधिकारी, कारागार प्रशासनसँग शुक्रवार भेटघाट तथा छलफल गर्नाका साथै सोही दिन जिल्लाका नागरिक समाज, पत्रकारहरूसँग समेत छलफल गरेको थियो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महत नेतृत्वको टोलीले समेत अनुसन्धान थालेको छ । उसले रोल्पा कारागार, त्यहाँका कैदी, कारागार अधिकारी, स्थानीय प्रशासन, प्रहरी लगायतसँग पनि छलफल गरेको थियो ।

पत्रकार तथा नागरिक अगुवाहरूसँग भएको छलफलमा उपसचिव रावलले गम्भीर मानवअधिकार उल्लङ्घनको विषय भएकाले राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण भएको बताए । आयोगले स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र आगामी दिनमा यस्ता घटना नदोहोरिने वातावरण बनाउन सरकारलाई सचेत बनाउने गरी प्रतिवेदन दिने तयारी गरिरहेको छ ।

‘कैदीको पनि मानवअधिकार हुन्छ, जेलमा आएको व्यक्तिले किन आत्महत्या रोज्यो यो गम्भीर विषय हो,’ उनले भने, ‘आत्महत्या गर्नेसम्मको अवस्था कसरी सृजना भयो यो पनि अनुसन्धानको विषय हो ।’

निकै पुरानो संरचना रहेको रोल्पा कारागारमा ३५ पुरुष र १५ महिलासहित ५० जनाको क्षमता भए पनि हाल १०३ पुरुष र १० महिलासहित ११३ कैदी बन्दी राखिएको छ ।

प्रतिक्रिया दिनुहोस