२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरोको जोखिमपछि नगर प्रमुखसहितको टोली चाँगुनारायण अस्पताल अनुगमनमा

अ+ अ-

भक्तपुर । चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित चाँगुनारायण अस्पताल पहिरोको जोखिममा परेपछि आज नगरपालिकाका प्रमुखसहितको टोलीले अस्पतालको अनुगमन गरेको छ ।

पाँच रोपनी क्षेत्रफलमा सरकारको रु तीन करोड ८७ लाखको लागतमा निर्माण सम्पन्न गरी चाँगुनारायण–४ हुची ढुङ्गामा २०७७ मङ्सिर २८ गते उद्घाटन गरी सञ्चालनमा ल्याइएको अस्पतालको आज नगर प्रमुख जीवन खत्रीले अनुगमन गरेका हुन् ।

नगरपालिकाको ग्रामीण क्षेत्रमा प्रसूति सेवासहितको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले १० शय्यामा सञ्चालित उक्त अस्पतालको उत्तरदिशाबाट माटो र ढुङ्गा खस्न थालेपछि भवनमा हुनसक्ने क्षति र जोखिमको समेत उनले अवलोकन गरे ।

नवनिर्वाचित नगर प्रमुख खत्रीले अस्पतालको अनुगमन गर्दै अस्पतालमा जाने सडक नै जोखिममा परेकाले सडक र अस्पताल भवनको संरक्षण एवं पहिरो रोकथामका लागि जतिसक्दो छिटो काम गर्न नगरपालिकाको प्रशासन शाखालाई निर्देशन दिएका छन् ।

नगर प्रमुख खत्रीले भने, ‘नागरिकको स्वास्थ्य सरोकार राख्ने अस्पतालको पूर्वाधार विकास, गुणस्तरीय स्वास्थ्य सेवा र अस्पतालको संरक्षण मेरो पहिलो प्राथमिकता हो, यसमा आएका समस्यालाई तत्काल समाधान गर्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिइसकेको छु ।’

उनले यहाँका नागरिकको स्वास्थ्यमा सरल पहुँच पुर्‍याउन गुणस्तरीय स्वास्थ्य सेवालाई दुरुस्त बनाउन, अस्पताल जाने सडक र पहिरोको जोखिममा रहेको भवन संरक्षणमा आफू आएपछि नगरपालिकाले गम्भीर रुपमा चासो लिएर काम सुरु गरेको बताउँदै अस्पताल माथिबाट खसेको पहिरो रोकथामका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखासँग समन्वय गरेर पालको व्यवस्थापन गर्ने र रोकथाम गरिने बताए ।

अस्पतालको अनुगमनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद चापागाईँले आज नगरप्रमुख खत्री, अन्य जनप्रतिनिधि र कर्मचारी समेतको टोलीले अस्पतालको अवस्थाकाबारेमा अनुगमन गरेको बताए ।

उनले भने, ‘बाहिर हल्ला भए जस्तो अस्पताल भवन जोखिममा परेको छैन, भीर खारेरै अस्पताल भवन बनाएको हो, माथि भिरबाट खुकुलो केही माटो खसेको छ, यद्यपि माटो पनि खस्न नदिने गरी सावधानी अपनाउँदै रोकथाम गर्न रेडक्रससँग पाल लिएर काम गर्दैछौँ ।’

नगरपालिका आगामी आवका लागि बजेट बनाउने काममा तीव्र गतिमा लागिरहेको बताउँदै अब आउने आर्थिक वर्षमा अस्पतालको पहिरो रोकथाम, सडक पक्की गर्ने, टेवा पर्खाल लगाउने र सेवा गुणस्तरीयता बनाउन आवश्यक बजेट विनियोजन गरेर थप काम गर्ने तयारी भएको उनले बताए ।