२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाले अपहरणको शैलीमा एसियाबाट समर्थन जुटाउन खोजेको चीनको आरोप

अ+ अ-

सिङ्गापुर । चीनले अमेरिकामाथि अपहरणको शैलीमा एसिया–प्रशान्त क्षेत्रका देशहरूबाट आफ्नो पक्षमा समर्थन जुटाउन खोजेको आरोप लगाएको छ ।

चीनका रक्षामन्त्रीले बहुपक्षवादका नाममा वासिङ्टनले आफ्नो स्वार्थलाई अघि बढाउन तथा उनीहरूलाई चीनविरुद्ध भड्काउन खोजेको आरोप लगाएका हुन् ।

साङ्ग्रिला डायलगको एक दिन अघि रक्षामन्त्री जनरल वेइ फेङ्गेले अमेरिकी रक्षामन्त्री लोयड अस्टिनको ‘चीनले ताइवानको स्वशासित टापुमा आफ्नो दाबी गर्नका साथै सैन्य गतिविधि बढाएर अस्थिरता निम्त्याएको’ अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई अपमानजनक आरोपको संज्ञा दिँदै खण्डन गरेका छन् ।

रक्षामन्त्री अस्टिनले इण्डो–प्यासेफिक क्षेत्रका राष्ट्रहरूसँग बहुपक्षीय साझेदारीमा जोड दिएका थिए जसलाई उनका चिनियाँ समकक्षीले चीनलाई एक्लाउने प्रयत्न भनेका थिए ।

बहुपक्षीयताका आडमा अमेरिकाले धम्की दिएको उनको आशय थियो । इण्डो–प्यासेफिक रणनीति द्वन्द्व र टकराब सृजना गर्ने रणनीति भएको उनको टिप्पणी छ ।