रुपन्देही । बुटवल–पाल्पा सडक खण्डमा टिपर चलाउन रोक लगाएको छ ।
सडक डिभिजन कार्यालय पाल्पाले तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको हो ।
कार्यालयले जारी गरेको सूचनामा आगामी तीन महिना यो बाटोमा टिपर चलाउन रोकिएको हो ।
सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र वर्षातको समयमा ठुला मालवाहक सवारी सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने हुँदा ठुला सवारी सञ्चालनमा रोक लगाइएको हो ।
