२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सुनको लौरो’ झापा पुगेपछि विमानस्थल भन्सारमाथि उठ्यो प्रश्न, कर्मचारी भन्छन् हामीले थाहा पाएनौँ !

अ+ अ-

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले विमानस्थलको भन्सार पार गर्दै व्यवसायी दुर्गा प्रसाईँलाई ‘सुनको लौरो’ उपहार दिएपछि विमानस्थल स्थित भन्सार कार्यालयमाथि प्रश्न उठेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले राजकुमार जुमाले सुनको लौरो ल्याएकोबारे भन्सार कार्यालयले छानबिन थालेको बताए । ‘उहाँ शनिबार बिहान त्रिवि विमानस्थल हुँदै झापा पुग्नुभएको र सुनको लौरो उपहार दिनुभएको भन्ने सुनियो । तर, सुनको लौरो ल्याएकोबारे भन्सारलाई जानकारी गराउनुभएको छैन,’ उनले भने ।

भिभिआइपीले विमानस्थल प्रयोग गर्दा विशिष्ट कक्ष प्रयोग गर्न पाउने सुविधा रहे पनि मापदण्ड विपरीतका वस्तु ओसारपसार गर्न नपाउने उनले बताए । भिभिआइपी आफैँ जिम्मेवार व्यक्ति हुने भएकाले चेकजाँचमा सामान्य यात्रुसरह कडाइ नहुनेसमेत भट्टराईले जानकारी दिए ।

लौरो कुन माध्यमबाट झापा पुग्यो भन्नेबारे विमानस्थलस्थित भन्सार कार्यालय अनविज्ञ छ । यस विषयमा भन्सार विभागले आन्तरिक रूपमा अनुसन्धान सुरु गरेको जनाएको छ ।

यो प्रकरणपछि विमानस्थलस्थित भन्सार कार्यालयको कार्यक्षमतालाई लिएर बहस सुरु भएको छ ।