२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी दिनमा उडान नै रोक्ने निर्णयमा संलग्न हुन्नौँ : बुद्ध एयर

अ+ अ-

काठमाडौँ । बुद्ध एयरले आफ्नो छाता सङ्गठन ‘वायुसेवा सञ्चालक सङ्घ’ ले आज (बुधबार)का लागि घोषणा गरेको हवाई सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णयप्रति क्षमा माग्दै आगामी दिनमा उडान नै रोक्ने निर्णयमा सहभागी नहुने बताएको छ ।

बुधबार सामाजिक सञ्जालमार्फत अत्यावश्यक सेवाअन्तर्गतको उडान बन्द गर्ने निर्णय यथोचित नभएको जनाउँदै बुद्ध एयरले लेखेको छ, ‘वायुसेवा कम्पनी, यात्रुहरूको पारवहन सुविधा र कर्मचारीहरूको जीविकोपार्जनको थलो हो । हाम्रो आन्तरिक समस्या समाधान गर्नका लागि सेवालाई बन्द गर्नु यथोचित निर्णय होइन ।’

आन्तरिक उडानमा दुई वटा अमेरिकी बिचक्राफ्ट र १४ वटा युरोपियन एटीआर विमान गरी १६ वटा जहाज उडाउँदै आइरहेको बुद्धले मंगलबार सङ्घसँग ऐक्यबद्धता जनाउँदै उडान बन्द गर्ने निर्णयमा साथ दिएकोमा आत्मालोचना गर्दै आगामी दिनमा उडान नै रोक्ने निर्णयमा सहभागी नहुने जनाएको छ । ‘आत्मालोचना गर्दै आगामी दिनमा हाम्रो कारणले उडान सेवा अवरुद्ध नहुने प्रण गर्दछौँ,’ बुद्धले भनेको छ ।

काठमाडौँबाट दैनिक ३ सय हाराहारीमा आन्तरिक उडान हुने गरेको छ । त्यसमध्ये बुद्धले मात्रै दैनिक १ सय ४० वटासम्म उडान गर्छ । बुद्धले हाल काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङतर्फ रातिको समयमा क्षमताभन्दा बढी जहाजहरू रहेको जनाउँदै यो सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण हुने उल्लेख गरेको छ ।

धेरै अगाडिको अध्ययनले पार्किङ क्षेत्रमा १७ वटा जहाजहरूको क्षमता रहेको देखाइएको र यसै कारणले नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायु सेवाहरूलाई त्यसभन्दा बढी जहाजहरू काठमाडौँ बाहिर रात्रि बिसान गर्न निर्देशन दिएको उसले जनाएको छ ।

‘आजको परिस्थितिमा त्यस पार्किङ थलोमा सुधार भएको छ र अहिले १७ वटा जहाजहरूभन्दा बढी रात्रि बिसान हुने अवस्था छ । प्राधिकरणले सोहीअनुरुप काठमाडौँमा रात्रि बिसान हुने जहाजहरूको संख्या बढाउने आश्वासन प्राप्त भएको छस यसले नेपाली यात्रुहरूलाई उल्लेख्य सुविधा पुग्ने र सबै क्षेत्रलाई आर्थिक लाभ प्राप्त हुने छ,’ बुद्धले भनेको छ ।

यसैबीच बुधबार बिहान ७ बजेर ११ मिनेटबाट आन्तरिक विमानस्थलबाट उडान भएको विमानस्थल प्रमुख पूर्ण चुडालले बताए । उनका अनुसार बुधबार दिनभरका लागि ८८ वटा उडानको तालिका स्वीकृत भएको छ । ‘आज बिहानैदेखि उडान सुरु भएका छन् । वायुसेवाहरूले यात्रुको मागअनुसार उडान तालिका मागे अनुमति दिने छौँ,’ उनले भने, ‘आन्तरिक उडानमा रहेका सबै वायुसेवाहरूले धमाधम उडान गरिरहेका छन् ।’