काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीले देशभक्तिको भावनालाई बढी महत्त्व दिने बताएका छन् ।
पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘कम्युनिस्ट पार्टीले देशभक्तिलाई महत्त्व दिन्छ । विदेशीहरूको सामु लम्पसार पर्दैन । विदेशीका सामु घुँडा टेक्दैन । विदेशीको इशारामा नाच्दैन’, उनले भने, ‘विदेशीको स्वार्थमा चल्दैन । आफ्नो देश, आफ्नो राष्ट्र हितको रक्षा राष्ट्रको मर्यादा नाघ्दैन ।’
यस्तै पार्टी सङ्गठन मजबुत बनाए मात्र पार्टी बलियो हुने र देश बनाउन सकिने अध्यक्ष नेपालले बताएका छन्।