७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली व्यवसायीलाई चीनको भिसा दिन माग

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नेपालमा व्यापार व्यवसायलाई सहजीकरण गर्नका लागि नेपाली उद्योगी तथा व्यवसायीलाई चीनको भिसा दिन माग गरेको छ ।

महासङ्घले आज बिहान चीनका लागि नेपालका नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठलाई आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा व्यवसायीहरुले नेपालमा सहज रुपमा व्यवसाय सञ्चालनका लागि चीनमा जान रोकिएको भिसा सहजीकरण गर्न माग गरेको हो ।

कार्यक्रममा महासङ्घका अध्यक्ष कुमार कार्कीले केरुङ, तातोपानीलगायतका चीनसँग जोडिएका नेपाली भन्सार नाकामा नेपाली व्यवसायलाई सहज रुपमा आवतजावतको व्यवस्था मिलाउन चीन सरकारसँग पहल गरिदिन आग्रह गरे ।

‘केरुङ, तातोपानीलगायतका नाकामा नेपाली व्यवसायी, चालक तथा सहचालकलाई आवतजावतका लागि सहज वातावरण बनाउनुपर्छ, केरुङ तथा खासामा आइपुगेका सामान बढीमा १० दिनभित्र नेपाली भन्सार नाकामा आइपुग्ने वातावरण बनाउनुपर्छ’, उनले भने ।

महासङ्घले नेपाली सामान केरुङ र खासामा निर्यात गर्दा सहज वातावरण निर्माण गर्नुपर्ने, चीनका विभिन्न सहरमा अध्ययनरत विद्यार्थीलाई चीनमा अध्ययन गर्न सहज वातावरण बनाउनुपर्ने, चीनबाट आयात गरिने आधिकारिक ब्राण्डेड सामान तथा औषधिजन्य कच्चापदार्थको सहजीकरण गर्नुपर्ने, कृषिजन्य रासायनिक मल तथा बीउबिजनको आयातमा सहजीकरण गर्नसमेत माग गरेको छ ।

भेटमा राजदूत श्रेष्ठले व्यवसायीलाई परेको समस्या आम देशवासीको समस्या भएको भन्दै उक्त समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए । ‘नाकाभित्र रहेका समस्या समाधान गरी नाकालाई सहज बनाउन मेरो प्रयत्न रहन्छ’, उनले भने ।

राजदूत श्रेष्ठले भिसा समस्या समाधानमा पनि आफ्नो प्राथमिकता रहने बताए। ‘चीनमा स्थापना भएको नेपाली राजदूतावास नेपाली जनताको समस्या समाधान गर्नका लागि स्थापना भएको हो, म नेपालीकै काम गर्न चीन जान लागेको हो, व्यवसायीलाई परेको पिर मर्काको समाधान मेरो उच्च प्राथमिकता हुनेछ’, उनले भने ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष मनोजबाबु श्रेष्ठले चीनसँग जोडिएका नेपाली नाका अवरुद्ध हुँदा नेपाली उद्योगी व्यवसायी ठुलो समस्यामा परेको बताए। चीनमा गएर सामान छानेर नेपाल ल्याउने वातावरण निर्माणमा लाग्न राजदूतसमक्ष उनले अनुरोध गरे ।

महासङ्घका संस्थापक अध्यक्ष नरेश कटुवाल, सल्लाहकार समितिका सभापति नयनबहादुर पण्डित क्षेत्रीलगायतले नेपाल–चीन सम्बन्धलाई प्रगाढ बनाउँदै नेपाली उद्योगी व्यवसायीको हक, हितमा लाग्न राजदूतसमक्ष आग्रह गरेका थिए ।

विसं २०७३ मा स्थापना भएको महासङ्घमा देशभरका २३ सङ्घ आबद्ध छन् । महासङ्घले देशभर आफ्नो सङ्गठन विस्तार गर्ने लक्ष्य लिएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए । उक्त महासङ्घमा हाल देशभरका दश हजार हाराहारीमा व्यवसायी आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस