२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनाव आयो,अब तपाइँहरू सबैले ध्यान राख्नुहोला : महामन्त्री शर्मा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनमा भ्रामक र गलत सूचनाको उच्च जोखिम हुने बताएका छन् ।

आमनिर्वाचन र भ्रामक सूचनाको प्रभावबारे जर्मन संस्था फ्रेडरिक एबर्ट स्टीफटङ नेपालको सहयोगमा नेपाल प्रेस युनियनले गरेको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले भ्रामक सूचनाले मुलुकको विकास निर्माणलाई नै प्रभावित गरिरहेको बताए ।

उनले भने, ‘अहिले भ्रामक सूचना यतिसम्म खतरनाक छ कि यसले कतिपयको ज्यान लिइरहेको छ भने कतिपय अवस्थामा मुलुकको विकास र सिंगो अर्थतन्त्रलाई नै प्रभावित पारिरहेको छ । अब हरेक मान्छेले कुन सूचना सही छ ? र कुन गलत छ ? भनेर छुट्याउन सक्नुपर्छ ।’

उनले एमसीसी पास भए अमेरिकी सेना आउँछ भनेर गलत प्रचार हुँदा कुनै पनि नेपाली सञ्चारमाध्यमले त्यो भ्रामक सुचना हो भनेर लेख्न नसकेको भन्दै सञ्चारमाध्यमले समेत कुन सूचना कस्तो हो भनेर छुट्याउन सक्नुपर्ने बताए ।

उनले भने, ‘नेताले जे बोल्छन्, त्यो सत्य हो भन्ने बुझ्नु गलत हो । नेताले बोलेको सूचना पनि भ्रामक छ, सत्य छैन, तथ्य होइन भने त्यसको प्रतिरोध गर्न सक्नुपर्छ, भ्रामक सूचनाले कसैलाई पनि लाभ गर्दैन ।’

उनले निर्वाचनमा राजनीतिक दल र नेताहरूले त्यस्तै भ्रामक सूचनाको खेती गर्ने समस्या रहेको बताए ।

उनले भने, ‘चुनाव आयो, अब तपाइँहरू सबैले ध्यानमा राख्नुहोला । राजनीतिक दल र नेताहरूले भ्रामक सूचनाको प्रसार गरेर भोट लिन सक्छन् । भोट पाउँछु भनेर जनताको बीचमा भ्रम छर्ने काम गर्नु राम्रो होइन । हिजो एमसीसी पास गर्ने बित्तिकै अमेरिकी सेना आउँछ भनेर प्रचार गरियो । तर, अहिलेसम्म सेना आएको छैन । बरू एमसीसीले सडक र विद्युत प्रसारण लाइन विस्तारको काम अगाडि बढाएको छ ।’

उनले केरुङबाट काठमाडौँ रेल आउँछ भन्नु त्यस्तै एउटा भ्रामक सूचना भएको बताए । ‘कहिले पानीजहाज भनेको छ, कहिले केरुङबाट काठमाडौं रेल आउँछ भनेको छ । नेताहरूले यस्तो योजनालाई भोट तान्नका लागि प्रयोग गर्न सक्छन्, तर व्यवहारमै त्यो कति सम्भव छ ? त्यो बुझ्नु जरुरी छ,’ उनले अघि भने, ‘मलाई चाँहि कहिल्यै केरुङबाट काठमाडौं रेल आउँछ जस्तो लाग्दैन ।’

उनले विगतमा सरकारबाटै त्यस्तो भ्रामक सूचना सम्प्रेषण गर्ने काम भएको र त्यस्तो भ्रमले मुलुकलाई ठूलो क्षति गरेको बताए ।

उनले अगाडि भने, ‘अघिल्लो सरकार आफैँले जनतामा भ्रामक सूचनाको प्रसार गर्ने काम गर्‍यो, तर अहिलेको सरकारले जनतामा त्यस्तो भ्रम छर्ने काम गरेको छैन । आमसञ्चार माध्यम र सामाजिक सञ्जालको प्रभाव बढ्दो छ, यस्तो बेला भ्रामक र गलत सूचनाको जोखिम हुन्छ, कुन कुरा सम्भव हो ? कुन कुरा असम्भव हो ? कुन नेताले कस्तो सूचनाको प्रसार गरिरहेको छ ? अब जनताले, मिडियाले छुट्याएर बुझिदिनुपर्छ, गलतलाई त्यो नेताले गलत बोल्यो भनेर लेखिदिनुपर्छ ।’