२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानसेनापतिले आज पेन्टागनमा रक्षा मन्त्रालय तथा सेनाका उच्च अधिकारीसँग भेट्ने

अ+ अ-

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले आज (बिहीबार) पेन्टागनमा रक्षा मन्त्रालय तथा अमेरिकी सेनाका उच्च अधिकारीसँग भेटवार्ता गर्ने भएका छन् ।

अमेरिकास्थित नेपाली दूतावासले शर्माको भ्रमणबारे प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

दूतावासका अनुसार प्रधानसेनापति शर्माले यो भेटमा नेपाली र अमेरिकी सेनाबीचको सैन्य सहकार्य र सहयोग तथा सम्बन्ध विस्तारका विषयमा छलफल गर्नेछन् ।

बिहीबार नै उनी न्युयोर्क प्रस्थान गर्नेछन् । त्यहाँ उनले संयुक्त राष्ट्रसङ्घका अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले हिजो (बुधबार) प्रधानसेनापति शर्मासहित भ्रमण दलका सदस्यको सम्मानमा भोजको आयोजना गरेका थिए ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनान र सिरियामा खटिएको नेपाली फौजको अवस्था र वस्तुस्थितिको अध्ययन तथा निर्देशनपछि प्रधानसेनापति प्रभुराम शर्माले १३ असारदेखि संयुक्त राज्य अमेरिकाको भ्रमण थालेका थिए ।