२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानायक हमाल र अध्यक्ष प्रचण्डबीच खुमलटारमा भेटवार्ता

अ+ अ-

काठमाडौँ । नेपाली चलचित्रका ‘महानायक’ राजेश हमालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज (शुक्रबार) भेटवार्ता भएको छ ।

महानायक हमाल बिहान साढे ८ बजे प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए ।

राजनीति र चलचित्रका दुई हस्तिबिच करिब आधा घण्टा सौहार्द कुराकानी भएको छ ।

भेटघाटको समन्वय गरेका माओवादी निकट सङ्गीतकार चेतन सापकोटाले चलचित्र क्षेत्रदेखि राष्ट्रिय-अन्तर्राष्ट्रिय राजनीतिबारे चर्चा-परिचर्चा भएको जानकारी दिए ।

पछिल्लो समयमा विदेशी चलचित्र, खासगरी भारतीय र दक्षिण भारतीय चलचित्रले नेपाली चलचित्र उद्योगलाई पुर्‍याइरहेको असरप्रति हमालले प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

सरकारले विदेशी विलासिताका वस्तुहरुको आयातमा रोक लगाउने निर्णय गर्दा त्यसमा विदेशी चलचित्रलाई नसमेटेकोमा हमालले असन्तुष्टि व्यक्त गरेका थिए ।

‘विदेशी चलचित्रका कारण नेपाली चलचित्र उद्योग अप्ठेरो अवस्थामा पुगेकोबारे हमालले ध्यानाकर्षण गराउँदा प्रचण्ड गम्भीर देखिनुभएको थियो’, सापकोटाले भने ।

भेटवार्ताका क्रममा नेपालको राजनीतिक विषयवस्तुबारे पनि कुराकानी भयो । हमालले एमसीसीदेखि एसपीपी र बीआरआईसम्मका विषयमा आफ्नो धारणा राखेका थिए ।

प्रचण्डले उनको बुझाइमा आफ्नो समर्थन रहेको बताए । यस्तै श्रीलङ्कामा हाल उत्पन्न भएको सङ्कटका विषयमा पनि कुराकानी भएको थियो ।

‘राष्ट्रिय-अन्तर्राष्ट्रिय राजनीतिका विषयमा तपाईँको ज्ञान र बुझाइबाट म प्रभावित भएँ’, प्रचण्डको भनाइ उद्धृत गर्दै सापकोटाले बताए ।

हमालले आफू राजनीतिमा आउन सक्ने घुमाउरो सङ्केत गरेका थिए । यदि परिस्थितिले मागेको खण्डमा आफू राजनीतिमा आउन नहुने कुनै कारण नरहेको उनको भनाइ थियो ।

प्रचण्डले राजेश हमालजस्ता व्यक्तिको राजनीतिमा खाँचो रहेको बताए । यद्यपि आफ्नो पार्टी माओवादीमा आवद्ध हुन भने उनले आग्रह गरेनन् । हमालले पनि त्यस्तो चाहना व्यक्त गरेनन् ।

सुरुवातमा सङ्गीतकार सापकोटा र प्रचण्डपुत्री गङ्गा दाहाल पनि भेटवार्तामा सहभागी थिए । पछि सापकोटा र गङ्गा निस्केर प्रचण्ड र हमालबीच वान टु वान कुराकानी भएको थियो । वान टु वान कुराकानीका क्रममा दुवैको बडी ल्याङ्वेज सकारात्मक देखिएको सापकोटाले बताए ।

‘हामीले बाहिरबाट हेर्दा दुवैजनाबीच खुलस्त कुराकानी भएको थियो । दुवैले एक-अर्काप्रति समर्थन जनाउने हाउभाउ देखाइरहनुभएको थियो’, सापकोटाले भने ।

कुनै पनि फिल्मी कलाकारलाई एक्लै यति लामो समय प्रचण्डले भेटेको पहिलो पटक भएको सापकोटाको दाबी छ ।