२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजार अनुगमन : म्याद गुज्रेका सामान नष्ट, मासु पसलदेखि हार्डवेयर व्यापारीसम्मलाई कारबाही

अ+ अ-

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज आकस्मिक रूपमा गरेको बजार अनुगमनमा मासु पसलदेखि हार्डवेयर व्यापारीसम्मलाई कारबाही गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहाल, नापतौल विभाग, वाणिज्य विभाग, पशुपक्षी चिकित्सक, नेपाल आयल निगम, उपभोक्ता मञ्च, उद्योग वाणिज्य सङ्घ, भक्तपुर नगरपालिका, जिल्ला घरेलु सङ्घ, पत्रकारलगायत संयुक्त टोलीले आज बजार अनुगमन गरेको हो ।

भक्तपुरको कमलविनायकदेखि सल्लाघारीसम्मका विभिन्न पसलमा भएको अनुगमनमा अनियमितता गर्नेलाई कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

बजार अनुगमनका क्रममा कमलविनायकको सूर्य हार्डवेयरलाई पाँच हजार जरिवाना लगाइएको छ । हार्डवेयरले नापतौल पूरा नभएको, ट्याग र लेबलिङ विनाको डन्डी बिक्री गरेको, तौलको राम्रो व्यवस्थापन नगरेको पाइएको सहायक प्रजिअ शर्माले जानकारी दिए ।

कमलविनायककै महालक्ष्मी कोल्ड स्टोरलाई तीन हजार जरिवाना लगाउँदै तीन दिनभित्र प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ ।

स्टोरमा खसी, कुखुराको मासु एउटै फ्रिजमा हालेर राखेको, सडेको मासुसँगै ताजा मासु राखिएको, चार वर्षदेखि पसल नवीकरण नगरिएको, दर्ता ढक तराजु नवीकरण नगरेको, नापतौल स्पष्ट नभएको पाइएको छ ।

कमलविनायककै आरभ स्टोर, केएम मार्टमा लेबलिङ नगरिएको सामान प्याक गरी बिक्री गरिएको, म्याद गुज्रेका सामान फ्रिजमा राखिएको पाइएकाले तत्काल सुधार्न निर्देशन दिँदै म्याद गुज्रेको सामान नष्ट गरिएको छ ।

कमल विनायकको चाँगुनारायण आयल स्टोर, सल्लाघारीको शान्ति आयल स्टोरमा अनुगमन गरी पेट्रोलियम पदार्थको गुणस्तरलगायत अनुगमन निरीक्षण गरिएको छ ।