काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का पूर्व स्थायी कमिटी सदस्यहरूको बैठक जारी छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले पदाधिकारीको टुङ्गो लगाउने तयारी छ ।
यसअघि हिजो पूर्व स्थायी कमिटी र इन्चार्जहरूको बैठकले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।
पार्टीको केन्द्रीय समिति बैठक पनि आजै बस्दैछ । आजको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । आजको बैठक अध्यक्ष प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी भइरहेको छ ।







