२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन काठमाडौँमा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सनातन धर्म संस्कृति महासङ्घले यही असार २६ देखि दुई दिनसम्म पशुपत क्षेत्रमा राष्ट्रिय धर्म संस्कृति सम्मेलन गर्ने भएको छ ।

राप्रपा नेपाल आबद्ध महासङ्घले आयोजना गर्ने उक्त सम्मेलनमा ॐ कार परिवारभित्रका हिन्दु, बौद्ध, किराँत, शिख र जैनलगायत विभिन्न सम्प्रदायका धार्मिक प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

सम्मेलनमा ‘सनातन हिन्दु राष्ट्र अवधारणा र औचित्य’, ‘सनातन धर्म र सामाजिक सांस्कृतिक विभेद’, ‘वर्तमान अवस्थामा वैदिक सभ्यताको महत्त्व’ र ‘धर्मान्तरणका चुनौती र समाधानका उपायहरू’ विषयमा कार्यपत्र प्रस्तुत गरिने छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ डा जगमान गुरुङ, धार्मिक प्रतिनिधि डा चन्द्रकुमार शेर्मा, मोहनरुम्बा लामा, धार्मिक अध्येता डा निर्मला पोखरेल, लेखक बिनु पोखरेल, डा विष्णु भण्डारीले मुलुकमा शान्तिपूर्ण र सहअस्तित्वको समाज निर्माण गर्न विभिन्न धर्मका दर्शन, साहित्यको महत्त्वबारे कार्यपत्र प्रस्तुत गरे ।

सम्मेलनले नेपालमा बढिरहेको धर्मान्तरलाई रोक्ने र नेपाललाई हिन्दु राष्ट्रको रूपमा पुनः स्थापना गर्ने मार्गचित्रलगायत विषय पारित गर्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

राष्ट्रिय सनातन धर्म संस्कृति महासङ्घका अध्यक्ष ज्योतिष पण्डित सुजन अधिकारीका अनुसार सम्मेलनमा विभिन्न धार्मिक सङ्घसंस्थाका प्रतिनिधि, विभिन्न जिल्लाका प्रतिनिधि, हिन्दुत्व अभियानमा जोडिएका धार्मिक अगुवा, लेखक, बुद्धिजीवी, ॐ कार परिवार आबद्ध व्यक्तित्वहरूको सम्मेलनमा सहभागिता रहने छ । सम्मेलन व्यवस्थित र प्रभावकारीमा सम्पन्न गर्न आवश्यक तयारी पूरा भएको छ ।