१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विवाद भएपछि एक्यानको मौद्रिक नीति छलफलमा गएनन् गभर्नर अधिकारी

अ+ अ-

काठमाडौँ । विवाद उत्पन्न भएपछि आज (बुधबार) भएका नेपाल चार्टर्ड एकाउन्टेन्ट सङ्घको कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी गएनन् ।

बुधबार दिउँसो प्रमुख अतिथिका रुपमा सहयोगी हुने कार्यक्रम भए पनि गभर्नर अधिकारी पुगेनन् । उनले प्रतिनिधिका रुपमा डेपुटी गभर्नर बमबहादुर मिश्रलाई पठाएका छन् ।

एक्यानले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथिको छलफलका लागि गभर्नर महाप्रसाद अधिकारीसँग समय लिएको थियो । गभर्नर बाचा गरेको समय अनुसार बुधबारका लागि कार्यक्रम तय गरिएको थियो ।

गभर्नर अधिकारी आफै पनि चार्टर्ड एकाउन्टेन्ट भएकाले एक्यानका सबैजसो कार्यक्रममा पुग्ने गरेका छन् । तर मौद्रिक नीतिमाथिको छलफल तथा सुझाव लिनका लागि हरेक दिन सबै जसो कार्यक्रममा पुग्दै आएका गभर्नर अधिकारी भने एक्यानको कार्यक्रममा सहभागी नहुनुलाई विवाद छल्न खोजेको रुपमा चित्रण गरिएको छ ।

केन्द्रीय बैङ्क यति बेला आगामी आवको मौद्रिक नीति निर्माणको चरणमा छ । यसका लागि गभर्नरले छलफल र सुझाव सङ्कलनको कामलाई तीव्रता दिएका छन् ।

तर बुधबार सञ्चारमाध्यममा गभर्नर अधिकारी कानुन विपरीत नेकपा एमाले अर्थ तथा योजना विभागको सदस्य भएको समाचार प्रकाशित भए पनि उनको आलोचना सुरु भएको छ ।

नेपाल राष्ट्र बैङ्क ऐनको दफा २१ (क) मा गभर्नर कुनै पनि राजनीतिक पार्टीको सदस्य तथा पदाधिकारी हुन नहुने व्यवस्था छ ।

गभर्नर अधिकारी यसअघि सुरेन्द्र पाण्डे अध्यक्ष रहेको एमाले, अर्थ तथा योजना विभागमा सदस्य थिए । तत्कालीन समयमा उनलाई खोटाङका महाप्रसाद अधिकारी भनिएको थियो भने अहिले खोटाङका एम अधिकारी भनिएको छ ।

उक्त विभागका प्रमुख घनश्याम भुसालले एम अधिकारी भनेको गभर्नर अधिकारी नभएको दाबी गरिसकेका छन् भने केही एमालेका नेताहरुले एम अधिकारी एनजीओकर्मी भएको दाबी गर्दै आएका छन् । गभर्नर स्वयमले पनि आफू एम अधिकारी भन्ने नभएको र उक्त व्यक्तिलाई नचिन्ने दाबी गरिसकेका छन् ।

तर सामाजिक सञ्जाल, सञ्चारमाध्यमदेखि संसदसम्म यस विषयमा तीव्ररुपमा प्रश्न उठे पनि एमालेले एम अधिकारी को हुन् भन्ने विषयमा स्पष्ट पार्न सकेको छैन । खोटाङमा एम अधिकारी नाम गरेका एमालेका सदस्य पनि नभएको एमालेको वेबसाइटमा देखिन्छ ।

प्रतिक्रिया दिनुहोस