१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शुक्रबारको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन एमालेको निर्देशन

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले भोलि (शुक्रबार) हुने प्रतिनिधि सभाको उपसभामुख पदमा गठबन्धनको उम्मेदवार हेरेर उम्मेदवारी दिने भएको छ ।

उपसभामुख पदका लागि आज (बिहीबार) उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

दिउँसो साढे १ बजेभित्र मनोनयन दर्ता गर्नुपर्ने भएकाले पार्टीका तर्फबाट उम्मेदवार कसलाई बनाउने भनेर एमाले शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । छलफल अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भइरहेको छ ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टीका तर्फबाट कसलाई उम्मेदवार बनाउने भन्ने छलफल भइरहेको बताए ।

‘विभिन्न तहमा छलफल भइरहेको छ, छलफल सकिएपछि मात्रै कसलाई उम्मेदवार बनाउने भन्ने टुङ्गो लाग्छ’, नेम्वाङले भने । उनले शुक्रबार हुने उपसभामुखको निर्वाचनलाई मध्यनजर गर्दै पार्टीका सबै सांसदहरुलाई शुक्रबारको बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको बताए ।

‘हामीले हाम्रा सबै माननीयहरूलाई शुक्रबारको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन गरेका छौ’, नेम्वाङले भने ।

एमाले नेताहरुका अनुसार सत्ता गठबन्धनले गठबन्धन भित्रैबाट उम्मेदवार अघि सारे एमालेले पनि उम्मेदवार उठाउने छ । ‘गठबन्धनले पाँच दलीय गठबन्धन भित्रैबाट उम्मेदवार बनाए एमालेले पनि उम्मेदवारी दिन्छ । यदि पाँच दलीय गठबन्धन बाहिरबाट कसैलाई उम्मेदवार बनायो भने दिँदैन’, एमालेका एक पदाधिकारीले भने, ‘उम्मेदवार बनाउँदा पार्टीले महिलालाई नै बनाउँछ तर व्यक्ति टुङ्गो लागेको छैन, १२ बजे तिर टुङ्गो लाग्छ ।’

गठबन्धनका तर्फबाट काँग्रेसका पुष्पा भुसाललाई उम्मेदवार बनाउने तय भैसकेको छ । प्रतिनिधि सभामा सत्ता गठबन्धनको बहुमत छ ।

प्रतिक्रिया दिनुहोस