२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी कथा, सबै दिन बिदा !

अ+ अ-

नेपालमा राजनीतिक व्यवस्थाको परिवर्तन पश्चात् सरकारी सेवा सुधार्ने भन्ने राजनीतिक सहमति भयो । त्यही सहमतिका आधारमा निजामती सेवा लगायतका सबै सरकारी सेवा र तोकिएको मासिक पारिश्रमिक तथा सुविधा पाउने गरी नियुक्ति भएका पदाधिकारीहरूको मन्त्री लगायतका पदाधिकारीहरूको हालको काम गराइको समग्र अध्ययन गरी यसैका आधारमा भविष्यको मार्गदर्शन तय गर्ने नीति पारित भयो । 

आफ्नो अध्ययन आफै गर्नु उपयुक्त नभएकोले मित्रराष्ट्रको प्राविधिक सहायतामा अध्ययन समूह तयार गरियो । यस समितिमा प्रायशः नेपालस्थित राजदूतावासमा अनुभव लिई सकेका विदेशी विज्ञहरू समावेश थिए । तिनीहरूलाई नेपाली नेता र कर्मचारीको बारेमा सामान्य जानकारी हुने नै भयो ।

अध्ययन टोली आएपछि नेपालका उच्च तहका नेता र कर्मचारीले स्वागत गर्दै अध्ययनको क्रममा सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालको समग्र सरकारी सेवाको अध्ययन सुरु भयो । केही महत्त्वपूर्ण प्रश्नावलीहरूको विश्लेषण गरियो । नेपाली पक्षको असावधानीवश केही प्रश्नहरू बाहिरियो ।

बाहिरिएका प्रमुख प्रश्नहरू यस्ता थिए:

१) कार्यालय आउने, जाने समय र काम गर्नु पर्ने अवधि ।

२) कार्य विवरण र काम नगर्दा हुने कारबाही ।

३) वैदेशिक भ्रमणमा जानेले सिकेका सीप र सो को अवलम्बनको अवस्था ।

४) कार्यालयमा काम गर्दा कार्यालयकै कारण भोक लागेर सित्तैमा खाजा खान पाउने पदाधिकारी ।

५) आफूलाई भेट्न आउनेलाई सरकारी खर्चले चिया खाजा खुवाउन मिल्ने हैसियतका पदाधिकारी ।

६) कार्यालयमा साँझ बिहान बसेर काम गर्दा भएको उल्लेखनीय प्रगति र सो समयमा भएको खर्च ।

यसरी सोधिएका प्रश्नमध्ये कार्यालय आउने र जाने समयका विषयमा बाहेक अन्य कुरामा ठोस जवाफ पाएनन् टोलीकाहरुले । अध्ययन टोलीले लामो समय लगाएर विभिन्न कोणबाट अध्ययन गरी प्रतिवेदन दियो । प्रतिवेदन अति गोप्य थियो तर पनि संस्कार अनुरूप केही कुरा बाहिर आयो । मुख्य कुरा निम्न थिए:

१) कामको लागि मात्र पद सिर्जना गरिनु पर्ने, बढुवाका लागि मात्र पद सिर्जना गरी तल्ला तहकाबाटै काम गराउनु उपयुक्त नभएको ।

२) कर्मचारीलाई बिना काम राख्नु भनेको काम भएकालाई पनि काम नगर भन्नु सरह ।

३) विदेश भ्रमणमा जानेले के सिकियो भनेर सार्वजनिक गराउने संस्कारको विकास ।

४) अहिलेको विविध खर्चमा उल्लेख्य कटौती गर्ने हो भने खाना खाजा छिटो आउने र अबेला प्रचलन कम हुने थियो कि ? यसरी गरेको थप कामको प्रगति सार्वजनिक गर्नु उपयुक्त हुने।

५) सरकारी चिया खाजामा सबैलाई समान व्यवहार । 

६) अनुगमनमा जाँदा लाग्ने खर्चको व्यवस्थापन ।

७) कर्मचारीलाई दिनभरि कार्यालयमा बस्नको लागि काम ।

८) बिहान बेलुका काम गरे जस्तै गर्दाको उपलब्धि, खर्च र अन्य कर्मचारी लाई पर्न तनाव,

यी सबै विषय नेपाली पत्रकारले जानकारी पाएनन्, केहीले आफैले सुराक खोजेर केही लेख्ने प्रयास गरे । अध्ययन टोली प्रतिवेदन बुझाएर फर्कँदै गरेको जानकारी पाएर अधिकांश पत्रकार विमानस्थलको गेटमा पुगेर करिब करिब धर्नाको शैलीमा शालीन तवरले बसेका थिए । 

एक जना पत्रकारले सोधे -प्रतिवेदन मा के के छ ? 

टोली संयोजकले भने –हाम्रो प्लेन छुट्ने बेला भयो तर पनि केही बोल्छु भन्दै भने प्रतिवेदन नेपालमै छ मागेर हेर्नु होला तर यसको सारांश भने ‘नेपालमा सबै दिन बिदा जस्तै रहेछ, शनिवार भने बिदा भनेर घोषणा नै गरिएको रहेछ’

अध्ययन टोलीका एक जना भन्दै थिए ‘अलि चाँडै आए जस्तो गर्‍यो खानै खायो, अलि ढिलो गए जस्तो गर्‍यो टन्न खाजा खायो, घरमा गयो पानी खायो सुत्यो नेपालका नेतृत्वको अवस्था।’ 

एउटा पत्रकारले सुन्यो र लेखिटोपल्यो यो पनि । जय होस् हाम्रा पत्रकारको खोजी खोजी कर्मचारीलाई गाली गरेकोमा !