१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थलगायत आधा दर्जन मन्त्रालयका सचिवको सरुवा, अन्तिम टुंगो भोली मात्रै !

अ+ अ-

काठमाडौँ । अर्थलगायत आधा दर्जन जति सचिवको सरुवा हुने भएको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ सचिव मरासिनीलगायत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवहरूको सरुवा गर्ने निर्णय भएको हो । यसैगरी आजै मात्र बढुवा भएका डा. दीपक काफ्लेलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्दै त्यहाँका सचिव डिल्लीराम शर्मालाई सङ्घमा आउने भएका छन् । 

‘अर्थलगायत आधा दर्जन मन्त्रालयका सचिवहरू सरुवा गर्ने भन्ने भएको छ,’ एक मन्त्रीले प्रशासन सिंहदरबार ब्युरोलाई भने, ‘तर केही मिलाउनु पर्ने भएकोले भोलिसम्म मात्रै नाम टुङ्गो लाग्छ’ 

ती मन्त्रीका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश कुमार अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा हुनेछन् भने युवा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादव प्रसाद कोइराला राष्ट्रपति कार्यालय, राष्ट्रपति कार्यालयका सचिव डा. तोयनारायण ज्ञवाली युवा तथा खेलकुद मन्त्रालयमा सरुवा हुने भएका छन् । 

यद्यपी पर्यटन मन्त्रालयका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयका सचिव सूर्य प्रसाद गौतमको कुरासमेत उठेको छ ।

यसैगरी अर्थ सचिव मधु कुमार मरासिनीको प्रधानमन्त्री तथा मन्त्रिपरिएको कार्यालयमा सरुवा हुने भएको छ भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको कहाँ हुने भन्नेबारे छलफलपछि मात्रै टुङ्गो लाग्ने छ ।

‘अर्थमा कसलाई लैजाने भन्ने विषय छलफलमा छ,’ ती मन्त्रीले प्रशासन सिंहदरबार विशेष ब्युरोलाई भने ‘त्यहाँ को जाने भन्ने टुङ्गोपछि मिलानका क्रममा अन्य सचिवहरूको केही फेरबदल हुन सक्छ ।’ 

विभिन्न चरणको छलफलपछि केही मन्त्रालयका सचिवहरूको नामावली टुङ्गोमा लागे पनि पत्र बन्ने बेलासम्म भने अहिलेकै अनुसार हुन्छ भन्ने नभएको प्रशासन सिंहदरवार उच्च स्रोतले जानकारी दिएको छ ।

सबैभन्दा धेरै संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि ७ जना र अर्थ मन्त्रालयका लागि ५ जना सचिवको दौड छ ।

सरुवाकै आसमा बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौला काठमाडौँमै आई पुगेका छन् भने प्रदेश नं. १ का प्रमुख सचिव विनोद बहादुर सिंह मन्त्रीको भर परेर बसेका छन् । उनीहरू दुवै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि लागिपरेका छन् । यससँगै राष्ट्रपति कार्यालयका सचिव डा. ज्ञवाली उद्योग सचिवमा जाने चर्चासमेत उच्च निकायमा चलेको छ । पोखरेलको सरुवा हुने भएसँगै त्यहाँ कसले बाजि मार्छ त्यो भने भोलि मात्रै थाहा हुनेछ । 

प्रतिक्रिया दिनुहोस