२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरको स्याउली थाप्ने चलन लोप हुँदै

अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा मौलिक संस्कृतिको रूपमा रहेको स्याउली थाप्ने चलन लोप हुन थालेको छ ।

कुनै व्यक्ति साइत वा शुभ कार्यमा जानु भन्दा पहिले केटाकेटी र महिलाहरूले घरभन्दा टाढा बिच बाटोमा च्यादर, रुमाल वा कपडाको टालो माथि हरियो घाँस, फुलहरू, हरियो स्याउलाहरू राख्ने गरिन्छ ।

चलन अनुसार साइतमा रहेका व्यक्तिहरूलाई शुभ साइत होस, यात्रा सफल होस, कार्य सफल होस भन्ने हेतुले स्याउली थाप्ने चलन रहेको डोटी बहुमुखी क्याम्पस डोटीका सेवा निवृत्त सह प्राध्यापक डा. बद्री शर्मा बिनाडीले बताए । उनी भन्छन् बिच बाटोमा थापेको स्याउलीमा यात्रा वा साइतमा निस्केका व्यक्तिहरूले केही खानेकुरा, मिठाई वा आफ्नो दक्ष अनुसारको पैसा राख्दा साइत शुभ हुने चलन रहेको छ ।

प्राय विदेशको यात्रा, विवाह, तीर्थ यात्रा शुभ कार्यमा जानेहरूको साइत सफल होस भन्ने हेतुले हरिया स्याउलाहरू राखेर शुभ यात्रा गर्ने चलन रहेको समेत डा. बिनाडीले बताए । पछिल्लो समयमा लोप हुन लागेका यस्ता मौलिक कला संस्कृतिको संरक्षण, प्रवर्द्धनमा स्थानीय सरकारले योजना बनाएर अगाडि बढ्नुपर्ने समेत उनले सुझाए ।

सुदूरपश्चिम प्रदेशमा परम्परागत रूपमा चलन चल्तीका रूपमा रहेका मौलिक संस्कृतिहरू बिस्तारै लोप हुन थालेको डोटी बहुमुखी क्याम्पस डोटीका सहायक क्याम्पस प्रमुख अर्जुन कुमार देउवाले बताए ।

उनले भने परम्परागत रूपदेखि चलन चल्तीको रूपमा मान्दै आएका मौलिक सस्कृती वैशाख १ गते सिस्नु खेलेर मनाइने बिशु पर्व, साइतमा जानेहरूका लागि स्याउली थाप्ने चलन, साउन महिनामा धानको खेतबारीमा गएर राइतो, बटुक बनाएर हरेला खाने चलन, भाद्र १ गते एक अर्का बिचको सम्बन्ध प्रगाढ होस भन्ने हेतुले मनाइने ओलक दिने चलन , कुल देवताका, मेला जात्रा, पौष १५ को रातमा गाउँ खाने कथाहरू बातहरू हालेर रात बिताइने जस्ता थुप्रै मौलीकरुपमा रहेका संस्कृतिहरू बिस्तारै लोप हुन लागेको बताए ।

हाम्रो गाउँ घर र छिमेकमा मनाइने चाल चलन, रहेका कला सस्कृतीको प्रोफाइल तयार गरी स्थानीय सरकारले तिनीहरूको संरक्षण तथा प्रबन्धनको लागि अगाडि बढ्नुपर्ने समेत सहायक क्याम्पस प्रमुख देउवाले बताए ।

परापुर्बकालदेखि चलन चल्तीमा रहेका कला, धर्म, संस्कृति, चालचलन रीतिरिवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्न अति आवश्यक रहेको शैलैश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेम शङ्कर भट्टले बताएका छन् । उनले भने ‘स्याउली थाप्ने चलन मौलिक संस्कृती हो यसको आफ्नै महिमा छ यसले शुभ यात्राको, कार्य सफलताको कामना गर्छ त्यसैले यस्ता तमाम मौलिक रीतिरिवाजहरू, कलाm संस्कृतिहरूको जर्गेना गर्नु हामी सबैको दायित्व हो ।’

हाम्रा मौलिक कला संस्कृति, चाल चलन, भाषा, धर्मको संरक्षण तथा प्रवर्द्धन गर्न नसके अब आउने नयाँ पुस्ताको लागि एकादेशको कहानी बन्न सक्ने समेत अध्यक्ष भट्टले बताए । डोटेली कला संस्कृतिको जर्गेना गर्नुका साथै डोटेली भाषा शब्दहरूको पनि संरक्षण गर्नु पर्ने समेत उनले बताए ।

स्थानीय सरकारले स्थानीय स्तरमा रहका कला, मौलिक संस्कृति, जात, जाती, धर्म, लिङ्ग, वर्ण, धार्मिक एवं पर्यटकीय स्थल सामाजिक परिवेश झल्किने खालका विषय बस्तु समेटेर स्थानीय पाठ्यक्रम निमार्ण गर्न आवश्यक रहेको झिमेमालीका माध्यामिक विद्यालय बायल डोटीका प्र अ नर बहादुर कार्कीले बताए ।

स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकाले कला संस्कृतिको नाममा भौतिक रूपमा संरचना निमार्ण मठ मन्दिर बनाउनका लागि करोडाैँ लगानी गरेपनी मौलिक कला संस्कृतिको जर्गेना गर्ने, प्रोफाइल तयार गर्ने, प्रवर्द्धन गर्ने भावी पुस्ताको लागि अभिलेखीकरणको रूपमा रहने गरी खासै काम गरेको कसैले देखिँदैन यता तिर पनि ध्यान जान जरुरी देखिन्छ ।