९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयात-निर्यातको सटही सुविधामा कडाइ

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आयात–निर्यातका लागि प्रदान गरिने विदेशी मुद्राको सटही सुविधामा कडाइ गरेको छ । त्यस माध्यमबाट हुने सक्ने सम्पत्ति शुद्धीकरणको कार्यलाई नियन्त्रण गर्ने व्यवस्था गरेको छ ।

केन्द्रीय बैङ्कले आज एकीकृत निर्देशिका जारी गर्दै आयात तथा निर्यातका माध्यमबाट हुने ‘मनी लण्डरिङ’को कार्यलाई निरुत्साह तथा नियन्त्रणमा सघाउ पुग्ने गरी इजाजतप्राप्त बैङ्क तथा वित्तीय संस्थाले आवश्यक कार्यविधि बनाउनुपर्नेछ ।

त्यसका लागि आन्तरिक संरचना बनाई वस्तुको अन्तर्राष्ट्रिय बजार मूल्यमा उल्लेखित मूल्यबिच तुलनात्मक विश्लेषण गरी यथार्थपरक देखिएमा मात्रै सटही सुविधा जारी गर्न सकिने एकीकृत निर्देशिकामा उल्लेख छ ।

कागजमा एउटा र सामान आयातमा अर्को हुने तथा विदेशी मुद्राको बढी कारोबार गर्ने प्रचलन बढेपछि केन्द्रीय बैङ्कले कडा नीति अख्तियार गरिएको जनाएको छ । एक वर्ष वा सोभन्दा बढी अवधिको विदेशी ऋण भित्र्याएका ‘क’ वर्गका बैङ्कलाई विदेशी विनिमय जोखिम हेजिङ गर्ने प्रयोजनका लागि उक्त ऋणको बक्यौता साँवा तथा ब्याज बराबर हुने रकमसम्मको र ऋणको अवधिसम्मको डेरिभेटिभ्स खरिदको कारोबार गर्न पनि आवश्यक सीमा नलाग्ने उल्लेख छ ।

राष्ट्र बैङ्कले इजाजतप्राप्त कम्पनीमार्फत सम्बन्धित लाभग्राहीको खातामा जम्मा गर्ने गरी दैनिक १५ लाखसम्मको विप्रेषण रकम ल्याउन सक्ने प्रबन्ध गरेको छ ।

इजाजतप्राप्त विप्रेषण कम्पनीले रकम सङ्कलन र भुक्तानी गर्दा प्रचलित व्यवस्थाबमोजिम ग्राहक पहिचानको कागजात लिएको हुनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तो कारोबारसम्बन्धी विवरण संलग्न ढाँचामा मासिक रूपमा प्रत्येक महिना समाप्त भएको मितिले सात दिनभित्र विभागमा पेस गर्नुपर्नेछ ।

बैङ्क तथा वित्तीय संस्था तथा विप्रेषण कम्पनीले यस बैङ्कबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालकसँग सहकार्य गरी जारी गरेका कार्डमा समेत विद्यमान व्यवस्थाको अधीनमा रही विप्रेषण भित्र्याउन सक्ने प्रबन्ध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस