काठमाडौँ । बैतडीमा युवायुवती मृत भेटिएका छन् । बैतडीको सिगास गाउँपालिका–५ का २१ वर्षीय केशव दमाईं र १८ वर्षीया रमिता विक मृत भेटिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक शाहीका अनुसार उनीहरू दुवै जना चिउरीको रुखको एकै हाँगोमा झुण्डिएका अवस्थामा भेटिएका हुन् ।
मृतक दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ । मृतक दुवैजना प्रेम सम्बन्धमा रहेको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।