काठमाडौँ । थप १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा देशभरबाट २८३९ नमुना परीक्षण गर्दा १७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६४३ र एन्टिजेनबाट २१९६ नमुनाको परीक्षण गर्दा पीसीआरबाट ६५ र एन्टिजेनबाट १०८ नमुनाको रिपोर्ट पोजेटिभ आएको हो।
मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप ३९६ जना कोरोनामुक्त भएका छन्।
हाल सक्रिय कोरोना सङ्क्रमितको संख्या ३६१२ पुगेको छ।