काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टीले कारागारमा रहेका नेता अफताव आलमलाई सांसदको उम्मेदवार नबनाउने बताएका छन् ।
शुक्रबार मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीद्वारा लिखित पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले क्षेत्रले सिफारिस गरे पनि आलम सांसद उम्मेदवार नबन्नेमा ढुक्क रहन आग्रह गरे ।
“इटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई काँग्रेसले उम्मेदवार बनाउँदै छ, यसका बारेमा हामीले कथा लेख्ने दिन आउँदै छ” भनेर साहित्यकार नयनराज पाण्डेले बोलेपछि जवाफमा गगनले आलमलाई उम्मेदवार नबनाउने बताएका हुन् ।