काठमाडौँ । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन पेस गरेका छन् ।
नेपाली काँग्रेसका महामन्त्रीसमेत रहेका सांसद थापाले विधेयकको करिब आधा दर्जन दफाका विभिन्न उपदफा संशोधन गर्नुपर्ने उल्लेख गरेका छन् ।
उनले पत्रकारको परीक्षासम्बन्धी व्यवस्था हटाउन माग गरेका छन् ।







