९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रिय फुटबलबाट इन्दिरा, पुनम र दीपाले आज सन्यास लिँदै

अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका तीन सदस्यले आज अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गर्दैछन् । साफ महिला च्याम्पियनसिपको फाइनलसँगै मिडफिल्डर इन्दिरा राई र दीपा राई तथा रक्षक पुनम जर्घामगरले सन्यास लिने सम्भावना प्रबल छ ।

नेपालका मुख्य प्रशिक्षक कुमार थापाले आइतबार सम्पन्न पत्रकार सम्मेलनमा नेपालको टोलीबाट कम्तिमा ३ जनाले सन्यास लिने बताएका थिए । तर, उनले नाम खुलाएका थिएनन् ।

प्रशिक्षकले नाम नखुलाए पनि एन्फा स्रोतअनुसार इन्दिरा, दीपा र पुनमले आज सन्यास लिने लागेका हुन् ।

स्वास्थ्यमा समस्याका कारण पछिल्लो दुई प्रतियोगिता गुमाएकी पुनम जर्घामगर जारी साफमा भने नियमित टिममा स्थान बनाउन सफल छिन् । प्रशिक्षक कुमारले २९ वर्षीय पुनमलाई झन्डै एक वर्षपछि राष्ट्रिय टोलीमा कमब्याक गराएका हुन् ।

रौतहटकी पुनम त्रिभुवन आर्मी फुटबल क्लबकी रक्षक हुन् । फुलब्याक पुनमको उत्कृष्ट प्रदर्शनमा नेपालले जारी साफमा अहिलेसम्म गोल खाएको छैन । हाल राष्ट्रिय टोलीमा ३८ खेल खेलेकी पुनमले १ गोल गरेकी छन् । विराटनगरमा पुनमले सेट पिसमै श्रीलंकाविरुद्ध गोल गरेकी थिइन् ।

जारी साफमा पुनमले भारत र भुटानविरुद्ध पूरै समय मैदानमा बिताएकी थिइन् भने श्रीलंकाविरुद्ध ७६ औँ मिनेटमा मैदान छाडेकी थिइन् । दशरथ रङ्गशालामा हुने फाइनल खेलसँगै पुनमले अन्तर्राष्ट्रिय करियर पनि अन्त्य गर्दैछिन् ।

विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबकी नियमित खेलाडी इन्दिरा राईले काठमाडौँमा जारी साफ च्याम्पियनसिपमा भने पहिलो रोजाइमा स्थान बनाउन सकेकी छैनन् । मोरङकी इन्दिराले राष्ट्रिय टोलीमा कमै अवसर पाउने गरेकी छन् ।

३१ वर्षकी इन्दिरा डिफेन्सिभ मिडफिल्डर हुन् । साफमा टिममा स्थान बनाए पनि इन्दिरा बेन्चमै सीमित भएकी छिन् । उनी पनि आजको फाइनलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदा हुदैछिन् ।

यस्तै राष्ट्रिय टोलीकी नियमित सदस्य दीपा पनि त्रिभुवन आर्मी फुटबल क्लबमै आबद्ध छिन् । उदयपुरकी ३३ वर्षकी दीपाले राष्ट्रिय टोलीबाट ३६ खेल खेलिसकेकी छिन् ।

मिडफिल्डर दीपाले जारी साफमा पनि श्रीलंकाविरुद्ध ८६ औँ मिनेटमा मैदान छिरेकी थिइन् । मध्यभागमा बल होल्ड गर्न र लामा सट प्रहार गर्न निकै माहिर दीपा विराटनगरमा सम्पन्न साफमा टोलीको महत्त्वपूर्ण सदस्य थिइन् ।

प्रतिक्रिया दिनुहोस