२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले बनेका पूर्वमाओवादीलाई जसरी भए पनि सांसद बनाउने ओलीको आश्वासन

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरूलाई पुनः सांसद बनाउने आश्वासन दिएका छन् ।

अध्यक्ष ओलीले पूर्वमाओवादी खेमाका नेताहरूलाई सकेसम्म प्रदेश वा प्रतिनिधि सभातर्फ प्रत्यक्षको उम्मेदवार बनाउने र त्यहाँबाट पुरा हुने स्थिति नदेखिएमा समानुपातिक वा राष्ट्रिय सभाबाट भए पनि दोहोराएर सांसद बनाउने बचन दिएका हुन् ।

तत्कालीन नेकपा विभाजन हुँदा माओवादीबाट सांसद बनेका प्रतिनिधि सभातर्फबाट चार जनासहित सात प्रदेशबाट १४ जना प्रदेश सभा सदस्य एमालेतर्फ लागेका थिए । ती प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई प्रत्यक्ष वा समानुपातिक जसरी भए पनि सांसद बनाउने ओलीले बचन दिएका हुन् । हाल माओवादीबाट एमाले प्रवेश गरेका ३२ जनालाई केन्द्रीय समितिमा समेटिएको छ ।

चुनाव नजिकिएसँगै पूर्वमाओवादीतर्फका एमाले नेताहरुले टिकट पाउन लबिङ गर्न थालेपछि ओलीले यस्तो आश्वासन दिएका हुन् । ती सबै नेताहरूलाई कुनै न कुनै विधिबाट दोहोर्‍याएर भए पनि सांसद बनाउने ओलीले आश्वासन दिएको एक पूर्वमाओवादी नेताले बताए । ओलीले माओवादीमा हुँदा सांसद भएकालाई पुनः सांसद बनाउने आश्वासन दिएपछि असन्तुष्ट नेताहरू समेत खुसी भएका छन् ।

यस्तै एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ आगामी चुनावमा उम्मेदवार नबन्ने उनी निकट एक नेताले बताए । थापाको चुनावी क्षेत्र चितवन २ हो भने त्यहाँबाट उनले चुनाव नलड्ने देखिएको छ । बरु एमालेकै पुराना नेताहरू कृष्णभक्त पोखरेल, विजय सुवेदी, घनश्याम दाहाल लगायत नेताहरू टिकटको दौडमा छन् । उसो त बादललाई चितवन–२ मा स्थानीय नेताहरुले नै उम्मेदवारको रूपमा हेर्न नचाहेको एक नेताको भनाइ छ । थापा पहिलो संविधान सभा चुनावमा चितवनबाट प्रत्यक्ष निर्वाचित भएका थिए । २०७० सालको चुनावमा वैद्य माओवादीतिर रहेका थापा बहिस्कारमा सहभागी भएका थिए । ०७४ सालको चुनावमा थापा माओवादीबाट चुनाव उठ्न खोजेपनि एमालेकै नेताहरुले छोड्न नमानेपछि रोकिएका थिए । जतिबेला एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन थियो ।

यस्तै स्थायी समिति सदस्य मणि थापा भने समानुपातिक सूचीमा समेटिएका छन् । आगामी मंसिरमा प्युठानबाट चुनाव लड्न खोजेपनि अर्का नेता सूर्य थापाले सो क्षेत्रबाट प्रतिस्पर्धा गर्ने भएपछि उनी समानुपातिकमा समेटिएका हुन् ।

एमाले सचिव लेखराज भट्टले कैलाली क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने तयारी गरेका छन् । २०६४ सालदेखि माओवादीबाट लगातार चुनाव जित्दै आएका भट्ट यो चुनावमा एमालेबाट लड्ने भएका हुन् । भट्टको क्षेत्रमा अरू नेताले दाबी नगर्ने भएकाले उनी टिकट पाउनेमा ढुक्क देखिन्छन् । तर, एमालेबाट पहिलो पटक लड्न लागेका भट्टलाई चुनाव जित्न कठिन हुने बताइएको छ ।

स्थानीय चुनावमा समेत उनको क्षेत्रमा खासै प्रभाव नदेखिएकाले उनलाई चुनाव जित्न सकस पर्ने उनी निकट नेताहरूकै आँकलन छ । यस्तै अर्का सचिव टोपबहादुर रायमाझी अर्घाखाँचीबाट प्रतिनिधि सभा चुनाव लड्ने तयारीमा छन् । २०६४ सालदेखि माओवादीबाट लगातार चुनाव जित्दै आएका रायमाझी यो पटक पाँचदलीय गठबन्धनविरुद्ध मैदानमा उत्रिँदै छन् । रायमाझी अर्घाखाँचीमा गठबन्धन भए पनि चुनाव जित्ने दाबी गर्छन् ।

यस्तै स्थायी समिति सदस्य प्रभु साह रौतहट क्षेत्र नम्बर तीनबाट चुनाव लड्ने तयारीमा छन् । साहले २०६४ सालदेखि माओवादीबाटै लगातार चुनाव जित्दै आएका थिए । एमालेबाट साहको क्षेत्रमा दाबी गर्ने अरू नेता नभएकाले उनले नै टिकट पाउने देखिन्छ । आगामी चुनावमा गठबन्धन भए पनि नतिजा आफ्नो पक्षमा आउनेमा साह आशावादी छन् । उनी राम्रो जनमत राम्रो भएको दाबी गर्छन् ।

पूर्वमाओवादी छाडेर एमाले बनेकामध्ये भट्टभन्दा रायमाझी र साह चुनाव जित्नेमा ढुक्क देखिन्छ । यस्तै केन्द्रीय सदस्य गौरीशङ्कर थारु कैलाली क्षेत्र नम्बर तीनबाट चुनाव लड्ने तयारी गरेका छन् । सो क्षेत्र थारु समुदायको बाहुल्यता भएकाले उनले नै टिकट पाउने सम्भावना छ ।