१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दसैँ बिदामा एउटा मात्रै रिट दर्ता भयो सर्वोच्चमा 

अ+ अ-

काठमाडौँ । दशैंविदाको सात दिनको अवधिमा सर्वोच्च अदालतमा एउटा मात्रै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएर टुङ्गिएको छ ।

घटस्थापनादेखि नियमित कामकाज बन्द गर्ने सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको निवेदन मात्रै सुनुवाइ गर्थ्यो । अघिल्ला वर्षहरूमा दैनिकजस्तो निवेदन दर्ता हुने गरेकोमा यस पटक भने एउटा मात्रै निवेदन दर्ता भएर पर्सीपल्ट खारेज भएको हो ।

कोही व्यक्ति गैर कानुनी थुनामा परेमा उनलाई थुनामुक्त गर्न आदेशको माग राखी दिइने निवेदनलाई बन्दी प्रत्यक्षीकरण निवेदन भनिन्छ ।

दशैंविदाको भोलिपल्ट जिल्ला प्रहरी परिसर टेकुमा थुनामा रहेका योगेन्द्र तामाङकी श्रीमती सुनाम तामाङले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी थिइन् । उनको निवेदन दुई दिनपछि खारेज भएको हो ।

बिदा सुरु भएयता तामाङकै मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालतमा दुई पटक एकल इजलास बसेको थियो । त्यसयता कुनै निवेदन दर्ता भएको छैन भने इजलास समेत बसेको छैन । लगातार तीन दिनभन्दा बढी समय सर्वोच्च अदालत बन्द भएमा बन्दी प्रत्यक्षीकरणको निवेदन सुनुवाइका लागि संयन्त्र खडा गर्नुपर्ने नियम छ ।

हरेक वर्ष सर्वोच्च अदालतले दसैँ बिदाका लागि बन्दी प्रत्यक्षीकरण निवेदन सुनुवाइका लागि आंशिक रूपमा प्रशासन खुला राख्छ भने हरेक दिन एकजना न्यायाधीशलाई पालो तोकेको हुन्छ । सर्वोच्च अदालत कोजाग्रत पूर्णिमाको भोलिपल्ट मात्रै नियमित रूपमा खुल्नेछ । आगामी २४ गते अदालत खुल्ने दिन कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपालिकाको नेतृत्व सम्हाल्नेछन् । ६५ वर्षे उमेरहदका कारण कामु प्रधानन्यायाधीश रहेका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले दशैंविदाको विचमा अवकाश पाएका छन् ।

प्रतिक्रिया दिनुहोस