२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजी गाडी आयात प्रतिबन्ध नलम्ब्याउन नाडाको माग

अ+ अ-

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निजी प्रयोजनका कार, जीप, भ्यान र १५० सीसीभन्दा माथिका दुई पाङ्ग्रे सवारी साधन आयातमा गरिएको प्रतिबन्ध नलम्ब्याउन सरकारसँग माग गरेको छ ।

सरकार र नेपाल राष्ट्र बैङ्कको नीतिका कारण अटोमोबाइल्स क्षेत्र अत्यन्त कठिन परिस्थितिमा गुज्रिरहेको भन्दै नाडाले प्रतिबन्ध लम्ब्याउन नहुने बताएको छ ।

सरकारले विदेशी मुद्रा सञ्चितिमा दबाब परेको भन्दै १४ वैशाखदेखि २८ असोजसम्म निजी गाडी आयातमा प्रतिबन्ध लगाएको छ ।

हाल विदेशी मुद्रा सञ्चिति लगायत धेरै आर्थिक सूचकाङ्कहरू सकारात्मक अवस्थामा पुगेका भन्दै नाडाले प्रतिबन्ध लम्ब्याउन नहुने बताएको छ ।

देशलाई भन्सार बिन्दुमा उठ्ने परल मूल्य भन्दा दोब्बर राजश्व बुझाउँदै देशको कुल कर राजस्वमा झण्डै २५ प्रतिशत योगदान पुर्‍याउने नेपालको अटोमोबाइल क्षेत्र भएको नाडाका अध्यक्ष ध्रुव थापाको भनाइ छ ।

नेपालको कुल आयातमा निजी प्रयोजनका कार, जीप र भ्यान जस्ता सवारी साधनहरूको आयात १ प्रतिशत (१७ अरब रुपैयाँ) भन्दा कम रहेको प्राप्त तथ्यांकहरुबाटै स्पष्ट रहेको भन्दै थापाले यो क्षेत्रबाट सरकारलाई झण्डै ३९ अरब योगदान रहेको दाबी गरेका छन् ।

‘नेपालमा पैठारी हुने हजारौँ वस्तुहरू मध्ये कार, जीप र भ्यान जस्ता सवारी साधनहरू मात्र यस्तो वस्तु हुन् जसले आयातको तुलनामा झण्डै दोब्बर भन्दा बढी राजश्व योगदान पुर्‍याउने गर्दछ । यही कुरालाई मनन गर्दे आयातमा लागेको प्रतिबन्ध फुकाउने वातावरण निर्माण गर्न सबैमा आग्रह गर्न चाहन्छु’ अध्यक्ष थापाले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।