२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनधिकृत संरचना हटाउने अभियानलाई निरन्तरता दिँदै महानगर 

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनधिकृत संरचना र नक्सा विपरीत प्रयोजन भएको बेसमेन्ट हटाउने अभियानलाई निरन्तरता दिएको छ । महानगरले मङ्गलवार पशुपति क्षेत्रमा अनधिकृत र मापदण्ड विपरीतको संरचना हटाएको छ ।

काठमाडौँ-९ स्थित सञ्चारमार्गमा रहेको ७ वटा कवाडी व्यवसाय बन्द गराएको महानगर प्रहरीले जनाएको छ । नगर प्रहरी निरीक्षक किशोर भट्टराईले विनादर्ता नै सञ्चालनमा रहेको ७ वटा कवाडी व्यवसायमा सिल गरेको बताए । उनले वडा कार्यालय मार्फत सूचना निकालेर व्यवसाय दर्ता र मापदण्डमा काम गर्न अनुरोध गरेता पनि अटेर गरेको भन्दै सिल गरिएको बताए ।

महानगरले होप हस्पिटलको बेसमेन्ट पनि खाली गराएको छ । सोही क्षेत्रको बलिउड रेस्टुरेन्टको बेसमेन्ट पनि खाली गराएको भट्टराइले बताए ।

काठमाडौँ महानगरपालिकाले बेसमेन्ट खाली गराउन डोजर चलाएपछि धेरै घरधनीहरूले अदालतमा मुद्दा दर्ता गरेपछि अनधिकृत संरचना र नक्सा विपरीत प्रयोजन भएको बेसमेन्ट खाली गराउने अभियानमा समस्या परेको महानगरले जनाएको छ ।

महानगरले टुकुचा खोला उत्खनन गर्ने अभियानलाई पनि काठमाडौं अदालतले स्टे अर्डर दिएको थियो । बुधबार अदालतमा काठमाडौं महानगरले टुकुचाको विषयमा आफ्नो भनाइ राख्ने भएको छ ।