२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हलमा नाइट सो खुलाउन मन्त्रालयलाई चलचित्र सङ्घको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली फिल्मको प्रदर्शन र वितरणमा देखिएका समस्याबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदर्शकहरूको संस्था नेपाल चलचित्र सङ्घलाई बुधबार मन्त्रालयमा बोलाएर छलफल गरेको छ ।

मन्त्रालयका प्रवक्ता तथा चलचित्र सेन्सर बोर्डका अध्यक्ष र सङ्घका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ नेतृत्वको टोलीबीच छलफल भएको थियो ।

वार्तामा चलचित्र सङ्घले १० बजेपछि फिल्म प्रदर्शन गर्न नपाइने चलचित्र विकास बोर्डको निर्णयबारे पुनर्विचार गर्न मन्त्रालयलाई आग्रह गरेको थियो । 

साथै, एक साताअघि नै सेन्सर गर्नुपर्ने बोर्डको निर्णयबारे पनि पुनर्विचार गर्न चलचित्र सङ्घले सुझाएको छ ।

मन्त्रालयले भने विशेष फिल्म घोषणा भएको ‘नालापानी’लाई शोमा सहयोग गर्न सङ्घका पदाधिकारीलाई आग्रह गरेको थियो । मन्त्रालयको आग्रहअनुसार भोलि ९बिहीबार० बस्ने चलचित्र सङ्घको बैठकले समस्याका बुँदाहरू सङ्कलन गरेर मागपत्र बुझाउने भएको छ ।

अहिले अमेरिका भ्रमणमा रहेका बोर्ड अध्यक्ष भुवन केसी फर्कने बित्तिकै प्रदर्शक संस्थाबाट समेत सदस्य रहने गरी समस्या समाधान र सुझाव कमिटी गठन गर्न मन्त्रालयले आग्रह गरेको छ ।

छलफलमा सङ्घका पदाधिकारीले घरेलु फिल्मको पछिल्लो समस्याबारे मन्त्रालयलाई जानकारी गराएका थिए ।