२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मसालमा विद्रोह : चित्रबहादुर केसी र मोहनविक्रम सिंह निष्कासन

अ+ अ-

काठमाडौँ । नेकपा मसालबाट विद्रोह गरेर अलग्गिएको समूहले विशेष महाधिवेशन गरेर पार्टीको नाम र नेतृत्व परिवर्तन गर्दै मोहनविक्रम सिंह र चित्रबहादुर केसीलाई कारबाही गरेको जनाएको छ । विशेष महाधिवेशनका निर्णय बिहीबार बुटवलमा सार्वजनिक गर्दै पार्टीको नाममा मोटो ‘श’ प्रयोग गर्दै नेकपा मशाल राखिएको पत्रकार सम्मेलनमा बताइएको हो ।

विशेष महाधिवेशनले सन्तबहादुर नेपालीलाई नेकपा मशालको महासचिव चयन गरेको छ । पार्टी प्रमुखलाई महामन्त्री पदावली प्रयोग गर्दै आएकोमा अबदेखि महासचिव पदावली प्रयोग गर्ने मशालले गर्नेछ। नेकपा मशालका महासचिव सन्तबहादुर नेपालीले पार्टी भित्रका क्रान्तिकारीहरूले लामो समयदेखि पार्टीका गलत नीतिहरू सच्याउन गरेको प्रयास मसालको नेतृत्वले नसुनेकाले आफूहरूले विद्रोह गरेको बताए ।

नेपाली नेतृत्वको मशालले विचार र राजनीतिमा समान भएका पक्षसँग एकीकरण तथा ध्रुवीकरणका लागि पहल गर्ने जनाएको छ । महासचिव नेपालीले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र विप्लव समूहबाट विभाजित भएको नेकपा बहुमत सँग मिल्न सकिने बताए ।

विशेष महाधिवेशनले सन्तबहादुर नेपाली महासचिव र रामबहादुर बुढा प्रवक्ता रहेको ३५ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गरेको साथै १५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । साथै २ सय जनाको राष्ट्रिय परिषद् समेत गठन भएको मसालले बताएको छ ।