काठमाडौँ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई मधेस प्रदेश प्रमुखको जिम्मेवारी तोकिएको छ ।
मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र भारत भ्रमणमा जाने भएपछि शर्मालाई सो जिम्मेवारी दिइएको हो । भारतको झारखण्डमा हुने एक कार्यक्रममा सहभागी हुन मिश्र बुधबार त्यता जाँदै छन् ।
कात्तिक ९ गते बुधबारदेखि ११ गतेसम्म प्रदेश प्रमुख मिश्र भारतको झारखण्ड जाने भएपछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मधेस प्रदेश प्रमुखको कार्यभार बागमतीका प्रमुख शर्मालाई तोकेकी हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गरेर कात्तिक ९ गतेदेखि ११ गतेसम्म मधेस प्रदेशको कार्यभार बागमती प्रदेश प्रमुख शर्मालाई तोकिएको जानकारी गराएका छन् ।







