७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धनलाई जोगाउन ठुलो जोखिम मोल्नु परेको छ : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धनलाई जोगाउन ठुलो जोखिम मोल्नुपरेको बताएका छन् ।

सोमबार काठमाडौँमा आयोजित गठबन्धनको वाग्मती प्रदेशस्तरीय भेलामा उनले त्याग, तपस्या धेरै गरेकाले गठबन्धन जोगिएको जिकिर गरे ।

‘साना दुःखले आर्जेको गठबन्धन हैन यो । ठुलो त्याग, तपस्या गरेर, जोखिमको सामना गरेर ल्याएका हौँ,’ उनले भने, ‘सबै दलका नेताहरूले सहमति गरेर फाइनल गरेको साझा उम्मेदवारहरूलाई विजयी बनाउन जुट्नुपर्छ । यसो नभए प्रतिगमनकारीहरूको मनोबल बढ्छ ।’

उनले गठबन्धन पवित्र उद्देश्यका साथ स्थापना भएको बताए । ००७ साल, ०४६ तथा गणतन्त्रको आन्दोलनमा नेपाली काँग्रेस कम्युनिस्ट सँगसँगै मिलेर अघि बढेको उनले उल्लेख गरे । विगतमा पनि एक्लै हिँड्न खोज्दा असम्भव देखिएको परिवर्तन कम्युनिस्ट–काँग्रेस मिलेर सम्भव भएको उनले बताए ।

उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष समेत गरे । ‘ओली बयलगाडाको सिद्धान्तकार भएर देश घाती राप्रपासँग एकतामा होमिएको’ उनको भनाइ छ । उनले बयलगाडाको विषयमा किताब लेख्न सकिने भन्दै व्यङ्ग्य गरे ।

‘बयलगाडाका सिद्धान्त र दर्शनशास्त्रमा बुद्धिजीवी साथीहरूले किताब लेख्न आवश्यक छ । त्यो दर्शनले देश कहाँ–कहाँ पुगेको छ,’ उनले भने, ‘त्यो दर्शन अङ्गीकार गरे देश घाती र राप्रपाहरूसँग गठबन्धन र एकता हुन्छ ।’

प्रतिक्रिया दिनुहोस