१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धनबाट जनमोर्चाले लियो हस्ताक्षर फिर्ता

अ+ अ-

काठमाडौँ । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले यसअघि गरेको निर्णय उलङ्घन गरेको छ । सो पार्टीले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय फिर्ता लिइएको उल्लेख छ ।

कार्तिक ९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलीय गठबन्धनको बैठकले रुपन्देही संघीय निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएपछि राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको थियो । सो निर्णयसम्बन्धी हस्ताक्षरमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि संलग्न थिए ।

राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने गरी पार्टीको तर्फबाट भएको हस्ताक्षर भूलबस हुन गएको केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हस्ताक्षर फिर्ता लिँदै जनमोर्चाले नेपाल मजदुर किसान पार्टीका उम्मेदवार हरिसुन्दर बासीलाई समर्थन र सहयोग गर्ने निर्णय गरेको छ ।

‘हाम्रो पार्टीले उक्त निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार हरिसुन्दर बासीलाई समर्थन र सहयोग गर्ने निर्णय भएको जानकारी यसै वक्तव्यमार्फत सार्वजनिक गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस