१७ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्पनीको बक्यौता कर, शुल्क र जरिबाना बुझाउने म्याद पुस मसान्तसम्म थप

कारोबारलाई निरन्तरता दिन वा कम्पनीको दर्ता खारेज गर्न चाहने कम्पनीलाई बक्यौता विवरण तथा रकम बुझाउने समय थप गरिएको हो।

अ अ+ अ-

काठमाडौँ । सरकारले कम्पनीहरूको बक्यौता कर, शुल्क, दस्तुर तथा जरिबाना बुझाउने समयसीमा २०८३ साल पुस मसान्तसम्म थप गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिस्ट्रारको कार्यालयले मंगलबार सूचना जारी गर्दै कारोबारलाई निरन्तरता दिन वा कम्पनीको दर्ता खारेज गर्न चाहने कम्पनीहरूलाई बक्यौता विवरण तथा रकम बुझाउने अवधि थप गरिएको जनाएको हो।

कार्यालयका अनुसार अर्थ मन्त्रालयको कात्तिक ९ गतेको निर्णयअनुसार आर्थिक वर्ष २०८२–८३ सम्मको कानुनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण बुझाउने अवधि पुस मसान्तसम्म थप गरिएको हो।

नेपाल राजपत्रको खण्ड ७६, संख्या ४५, भाग ५ मा असोज १६ गते प्रकाशित सूचनाअनुसार कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीहरूले कारोबार सञ्चालनलाई निरन्तरता दिन वा कम्पनीको दर्ता खारेज गर्न चाहेमा आर्थिक ऐन, २०८३ को दफा ४८ बमोजिम आवश्यक विवरण तथा बक्यौता रकम दाखिला गर्नुपर्ने व्यवस्था छ।

तोकिएको अवधिभित्र विवरण पेस गरी कानुनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा जरिबाना बुझाउने कम्पनीहरूलाई अघिल्ला आर्थिक वर्षमा लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर तथा जरिबाना मिनाहा हुने कार्यालयले स्पष्ट पारेको छ।

यो सुविधा लिन चाहने कम्पनीहरूले आर्थिक वर्ष २०८२-८३ भन्दा अघिका आर्थिक वर्षहरूको विवरणसमेत पुस मसान्तभित्र कम्पनी रजिस्ट्रारको कार्यालयको विद्युतीय प्रणाली (सीएएमआईएस) मार्फत पेस गर्नुपर्नेछ।

कार्यालयले कानुनबमोजिमको दायित्व पूरा गरी मिनाहासम्बन्धी सुविधाको लाभ लिन सम्बन्धित सबै कम्पनी तथा सरोकारवालालाई आग्रह गरेको छ।

कम्पनी रजिस्ट्रारको कार्यालयले कात्तिक १७ गते जारी गरेको सूचनाअनुसार तोकिएको अवधिभित्र आवश्यक विवरण र रकम दाखिला गर्ने कम्पनीहरूले मात्र उक्त सुविधा प्राप्त गर्न सक्नेछन्।

May be an image of text
0 Comments