१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा सत्ता गठबन्धनबाट गोमा एक्ली महिला उम्मेदवार

अ+ अ-

काठमाडौँ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कर्णालीमा गठबन्धनबाट एक्ली उम्मेदवार गोमा गौतम कुँवर चुनावी मैदानमा उत्रिएकी छन् । उनलाई गठबन्धनको तर्फबाट माओवादी केन्द्रले जुम्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको हो ।

माओवादी केन्द्र जुम्लाले कुँवर सहित कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारी,डा कलबहादुर रोकाया र मनऋषि धितालको नाम सिफारिस गरेको थियो । सत्ता गठबन्धनको साझा उम्मेदवार बन्न सफल कुँवर अहिले मतदाताको घरदैलोमा छन् । कुँवरले भनिन् ‘मतदाताले जिताउँछन् भन्ने पूर्ण विश्वास छु, जितेमा इमानदारीसाथ जनताको सेवामा लाग्ने छु।’

उनले महिला सशक्तीकरण र जुम्लामा पूर्वाधार विकासलाई मुख्य एजेन्डा बनाएकी छिन् । कुँवर २०७० मा संविधानसभा सदस्यमा समानुपातिकतर्फबाट निर्वाचित भएकी थिइन् । पशुपन्छी विकास राज्यमन्त्री समेत भइन्। चन्दननाथ नगरपालिका वडा नम्बर १ का रमानन्द आचार्य महिलाले सांसदमा प्रत्यक्ष टिकट पाएर संसद् लडेको जुम्लाका लागि पहिलो इतिहास भएको बताउँछन् ।

महिलालाई नेतृत्व तहसम्म पुग्न नदिने र नेतृत्व पाइहालेमा पनि पचाउन कन्जुस्याइँ गर्ने समाजमा प्रत्यक्षतर्फ चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रिनु राम्रो पक्ष भएको उनले बताए । गठबन्धनकी उम्मेदवार कुँवरसँग एमालेका रतननाथ योगी, नेमकिपाका डिल्लीप्रसाद काफ्लेले र राप्रपाका ज्ञानबहादुर शाहीले चुनावी मैदानमा प्रतिस्पर्धा गर्दै छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका माओवादी नेता डाक्टर कलबहादुर रोकायाले भने प्रेस विज्ञप्तिमार्फत आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस