काठमाडौँ । नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले प्रदेश राजधानी वीरेन्द्रनगर उपत्यकालाई सुरक्षित, व्यवस्थित र आधुनिक सहरको रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
सुर्खेत २ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार कँडेलले आफ्नो चुनावी प्रतिबद्धताको मुख्य एजेन्डाका रूपमा राजधानी वीरेन्द्रनगरलाई बनाएका हुन्।
शुक्रबार पत्रकार सम्मेलनमा चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार, कर्णाली प्रदेशमा एमालेको सरकार’ नारामा साथ समृद्ध कर्णालीको परिकल्पनालाई साकार पार्न आफ्नो उम्मेदवारी भएको बताए ।
प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा प्रदेश राजधानीलाई व्यवस्थित र आधुनिक सहर निर्माण गरिने प्रतिबद्धता जाहेर गरेका छन् ।
हेर्नुस् प्रतिबद्धता पत्र :

