७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपाको प्रतिबद्धता : ‘एक परिवार एक रोजगार’, अन्यलाई बेरोजगार भत्ता

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले प्रत्येक घरपरिवारलाई आर्थिक रुपमा सम्पन्न बनाउन ‘एक परिवार, एक रोजगार’को नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन-२०७९ का लागि आज प्रतिबद्धतापत्र सार्वजनिक गर्दै जसपाले मुलुकमा प्रशस्त रोजगारीका अवसर सिर्जना हुने गरी आर्थिक नीति तय गर्ने जनाएको हो ।

श्रम संस्कृतिलाई प्रोत्साहित गर्ने, वैदेशिक रोजगारमा जानुअघि श्रमिकलाई आवश्यक सीपमूलक तालिम प्रदान गर्ने व्यवस्था गरिने जसपाको प्रतिबद्धता पत्रमा उल्लेख छ । देशभित्रै रोजगारी सिर्जना गर्नका लागि सहरी क्षेत्रमा रोजगार बैंकको स्थापना र शिक्षित बेरोजगारलाई शैक्षिक प्रमाणपत्र धितो राखी स्वरोजगार व्यवसाय गर्न प्रोत्साहित गर्ने जसपाले जनाएको छ ।

जसपाले बेरोजगार नागरिकलाई भत्ताको व्यवस्था गर्ने, सीमान्तकृत तथा लोपोन्मुख समुदायलाई रोजगारीको विशेष व्यवस्था गर्ने, वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि हुने अनियमितता र शोषणलाई अन्त्य गर्न सम्बन्धित मुलुकको दूतावासमा विशेष कक्षको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।

एपमार्फत बजार विस्तार

जसपाले स्थानीयस्तरमा उत्पादित वस्तुको बजारीकरण मोबाइल एपमार्फत गर्ने प्रतिबद्धता व्यक्ति गरेको छ । नेपालका आदिवासी जनजातिका सीप, कला र ज्ञानको प्रयोग गरी उत्पादित वस्तुको अन्तर्राष्ट्रियस्तरमा ‘ब्रान्डिङ’ गर्न ‘मेक इन नेपाल बाई इन्डिजिनियस ह्यान्डस्’ नारा तय गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस