१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्ला पुगेर प्रचण्डले भने : प्रेत-आत्माहरु चिच्याइरहेको खबर सुनेको छु !

अ+ अ-

जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राप्रपाका प्रवक्ता तथा प्रतिनिधि सभाका उम्मेदवार ज्ञानेन्द्र शाहीले जिते संविधान उल्टिने चेतावनी दिएका छन्।

गठबन्धनका नेता कार्यकर्तालाई सम्बोधन गर्न जुम्ला पुगेका अध्यक्ष प्रचण्डले एमाले र राप्रपाका उम्मेदवारलाई मत दिए फेरि देशमा निरङ्कुशता फर्किने चेतावनी दिए। उनले ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै प्रेत–आत्माहरू जुम्लातिर पनि चिच्याइरहेको टिप्पणी गरे।

‘इतिहास र जनताको बलिदानले प्राप्त उपलब्धि उल्ट्याउन खोजिरहेछन्। प्रेतआत्माहरु जुम्लातिर पनि चिच्याइरहेको खबर सुनेको छु। यस्ता प्रेतआत्माहरुको चिच्याहट धेरै रहँदैन। कर्णालीका जनताले यस्ता निरंकुशतावादी र प्रतिगमनकारीलाई परास्त गरी रेकर्ड कायम गर्नुहुनेछ,’ उनले भने ।

उनले कर्णालीबाट प्रतिगमनकारीलाई शून्य बनाएर छोडिदिन जुम्ली जनतालाई अनुरोध गरे। कर्णाली प्रदेश जागरण र परिवर्तनको पक्षमा हो भन्ने सन्देश यस पटक गठबन्धनका उम्मेदवारलाई जिताएर पुष्टि गर्न उनले आग्रह गरे।

यस्तै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अहिले जनता सामु गएर मत माग्ने कुनै अधिकार नभएको बताए। उनले भने, ‘केपी ओलीलाई जनताका बिचमा गएर भोट माग्ने नैतिक अधिकार छैन। हिजो हाम्रो सहयोगमा बनेको दुई तिहाइको सरकार जोगाउन नसक्ने, लोकतन्त्र र संविधानमाथि घात गर्नेले कसरी भोट माग्न मिल्छ ?’

प्रतिक्रिया दिनुहोस