१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिणपूर्वी एशियाली देशसँग सम्बन्ध विस्तारमा अमेरिका

अ+ अ-

नोमपेन । दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान)को शिखर सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो वाइडेन अमेरिकाबाट कम्बोडियातर्फ प्रस्थान गरेका छन् । आसियान क्षेत्रमा चिनियाँ प्रभाव विस्तार भइरहेको सन्दर्भमा अमेरिकी राष्ट्रपतिले त्यसलाई सन्तुलनमा राख्न सदस्य देशसँग अमेरिकी प्रतिबद्धता जाहेर गर्ने छन् ।

अमेरिकी राष्ट्रपतिको शिखर सम्मेलनमा भाग लिनुको प्रमुख उद्देश्य आर्थिक एवम् सैन्य सामथ्र्यका दृष्टिले शक्तिशाली प्रतिद्वन्द्वी चीनका राष्ट्रपति सी चिनफिङसँगको प्रत्यक्ष भेटवार्ताका निम्ति वातावरण बनाउनु हो । राष्ट्रपतिमा निर्वाचित भएपछि उनले आफ्ना चिनियाँ समकक्षीलाई प्रत्यक्षरूपमा भेटेका छैनन् ।

यही कात्तिक २९ र ३० गते इण्डोनेशियाको बालीमा हुने विश्वका प्रमुख विकसित र उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टी शिखर सम्मेलनका क्रममा उनले यही कात्तिक २८ गते चीनका राष्ट्रपति सी चिनफिङलाई भेट्ने छन् ।

शनिबार यहाँ आएका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले समुद्रमा चीनका अवैध एवम् अनियमित गतिविधि तथा समुद्रमा जहाज सञ्चालन गर्न पाउने स्वतन्त्रतालगायत विषयमा आसियान नेतासँग राष्ट्रपति वाइडेनले छलफल गर्ने बताएका छन् । दक्षिण चीन सागरको विवादलाई लिएर उनले आसियान नेतासँग बेइजिङविरुद्ध अमेरिकी दृढता व्यक्त गर्ने सल्लाहकार सुलिभानले बताए ।

अन्तर्राष्ट्रिय कानुनअनुसार समुद्रमा र त्यसमाथिको आकाशमा जहाज सञ्चालन गर्न पाइन्छ तर चीनले त्यसलाई अस्वीकार गर्दै आएको छ । त्यसबाट अस्थिरता हुने चीनको बुझाइ छ र यसै विषयमा चीन र अमेरिकाबीच विवाद छ । आसियान र अन्य देशका लागि प्रतिकूल हुने काम गर्न नहुने र यस क्षेत्रको स्थायित्वका निम्ति अमेरिकी भूमिका मुख्य हुने सल्लाहकार सुलिभानले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस