९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई नेपाली कम्पनीको औषधि विक्री-वितरणमा रोक, बजारबाट फिर्ता गर्न विभागको निर्देशन

अ+ अ-

काठमाडौँ। औषधि व्यवस्था विभागले दुई नेपाली कम्पनीको औषधि विक्री-वितरणमा रोक लगाएको छ ।

विभागले एक सूचना जारी गर्दै लोमस फर्मासिटिकल्स र बायोजेन रेमिडाइज प्रालिले उत्पादन गरेको औषधि गुणस्तरहीन भएका कारण तत्काल विक्री-वितरणमा रोक लगाएको जानकारी दिएको हो ।

बजार अनुगमनका क्रममा सङ्कलन गरेको नमुना परीक्षणमा लोमस फर्मासिटिकल्सले उत्पादन गरेको एसभट (भिटामिन सी) र बायोजेन रेमिडाइज प्रालिको बायोकल-डी (भिटामिन डिथी्र) नामको औषधि न्यून गुणस्तरको फेला परेको विभागले जनाएको छ ।

बायोकल डी रुपन्देहीको तिलोत्तमा र एसभीट काठमाडौँको गोठाटारमा उत्पादन हुने गरेको थियो । यी औषधि क्याल्सियम तथा भिटामिन ट्याब्लेटहरु हुन् ।

विभागले सम्बन्धित उद्योगका आयातकर्ता तथा तिनका प्रतिनिधिलाई उक्त औषधि फिर्ता गर्न निर्देशन दिएको छ ।

यसअघि पनि विभागले विभिन्न समयमा गरेको अनुगमनका क्रममा विभिन्न कम्पनीका औषधि गुणस्तरहीन पाइँदै आएका छन् । विभागको प्रत्येकजसो अनुगमनमा स्वदेशी तथा विदेशी कम्पनीका औषधि गुणस्तरहीन पाइनुले मानव स्वास्थ्यमा खेलबाड भइरहेको बुझाउँछ ।

अनुगमनको नजरमा नपरेका र अनुगमन परीक्षण हुनुअघि यस्ता कैयौँ गुणस्तरहीन औषधि बजारमा विक्री–वितरण भइरहेका छन् । यस्तोमा बजारबाट फिर्ता गर्नुभन्दा पनि गुणस्तरहीन औषधिलाई बजारमा प्रवेश नै नदिनु प्रमुख चुनौती बनेको छ ।

प्रतिक्रिया दिनुहोस