काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ-९ को चुनाव स्थगित गर्न माग गर्दै परेको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले १५ दिनभित्र कारण बुझाउन निर्वाचन आयोगलाई निर्देशन दिएको हो ।
निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने कारणहरू नरहेको अदालत प्रारम्भिक ठहर छ ।
काठमाडौँ-९ का उम्मेदवार मधु कार्कीले फरक-फरक उम्मेदवारलाई एकै किसिम समरूप देखिने चुनाव चिह्न दिएको कार्यले निर्वाचनको स्वच्छतामाथि प्रश्न उठेको भन्दै निवेदन दिएकी थिइन् ।
साथै उनले काठमाडौँ-९ मा मंसिर ४ का लागि तोकिएको निर्वाचन स्थगित गर्न अन्तरिम आदेश माग गरेकी थिइन् । सर्वोच्च अदालत त्यसमा भने सहमत भएन ।