९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतदान केन्द्रको जिम्मा महिलालाई

अ+ अ-

त्रिवेणी । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एउटा मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको छ ।

नवलपुरमा रहेका १ सय १३ मतदान स्थलका तीन सय दुई मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको हो । नवलपुरको कावासोती नगरपालिका-२ मा रहेको शिव मावि शिव बस्तीको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटाइएको जिल्ला निर्वाचन कार्यालय नवलपरासीपूर्वका प्रमुख लालप्रसाद शर्मा भुसालले बताए ।

प्रमुख भुसालका अनुसार शिव माविमा रहेको मतदान स्थलको ‘ङ’ केन्द्रलाई महिलामैत्री बनाइएको छ । मतदान अधिकृत शान्ति गुरुङको नेतृत्वमा आठ कर्मचारी सबै महिला मात्रै रहेको उनले बताए । नवलपुरमा रहेका तीन सय दुई मतदान केन्द्रमा दुई हजार चार सय १६ कर्मचारी खटिएका छन् ।

प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत रामग्राम नगरपालिका-१ मा दुई वटा मतदान केन्द्र रहेको एउटा मतदानस्थल र रामग्राम नगरपालिका–१ मा रहेको सयपत्री बोर्डिङ स्कुलस्थित मतदान स्थलमा मतदान अधिकृतसहित सम्पूर्ण कर्मचारी महिला मात्रै खटाइएको छ । मतदान स्थलमा खटिने कर्मचारीसहित सुरक्षाकर्मीसमेत यस मतदान स्थलमा सबै महिला खटाइएको छ ।

मतदान स्थलमा १६ महिला कर्मचारी खटिएका छन् । साथै नेपाल प्रहरी र म्यादी प्रहरी गरी १३ सुरक्षाकर्मी खटाइएकामा सबै सुरक्षाकर्मी महिला छन् ।

प्रतिक्रिया दिनुहोस