११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ शीर्ष नेताको निर्वाचन क्षेत्रमा मतगणनाको अवस्था ?

अ+ अ-

काठमाडौँ । विभिन्न दलका शीर्ष नेताको निर्वाचन क्षेत्रमा मतगणना सुरु हुन अझै समय लाग्ने भएको छ। सर्वदलीय बैठक बस्न भइरहेको ढिलाइ र मतपेटिका ढुवानीमा समय लागेकाले गणनामा ढिलाइ हुने देखिएको निर्वाचन अधिकृतहरूले जानकारी दिएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुरामा मतपेटिका ल्याउनै बाँकी रहेको छ। परशुराम नगरपालिकाका दुई वटा मतदान केन्द्रका मतपेटिका ल्याउन समय लाग्ने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।

राती भरियाले बोकेर सवारीसाधन चल्ने ठाउँसम्म ल्याएका छन्। अब २ घण्टामा मतपेटिका आइपुग्ने अनुमान छ । यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र झापा–५ मा सर्वदलीय बैठक जारी छ। त्यहाँ साढे आठ बजेबाट मतगणना सुरु गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले बताए।

सर्वदलीय बैठक जारी छ। साढे ८ बाट मतगणना सुरु गर्ने तयारी छ । यता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उठेको गोरखा–२ मा १० बजे सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले बताए।

‘सबै ठाउँबाट मतपेटिका सङ्कलन गरिसकेका छौँ। सर्वदलीय बैठक १० बजे बोलाइएको छ। १२ बजेबाट मतगणना सुरु हुन्छ,’ भट्टराईले भने।

यस्तै, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको निर्वाचन क्षेत्र रौतहट–१ मा पनि केहीबेरमा गणना गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत राजन नेपालले बताए।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र सप्तरी–२ मा सर्वदलीय बैठक जारी रहेको छ। ९ बजेबाट मतगणना सुरु हुनसक्ने मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताए । ‘सर्वदलीय बैठक जारी रहेको छ। प्रतिनिधिहरू आउने क्रम पनि जारी छ,’ रावलले भने।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरको निर्वाचन क्षेत्र महोत्तरी–३ मा सर्वदलीय बैठक बस्न सकेको छैन। मतगणना ११ बजेबाट सुरु हुने मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताए। उनले भने, ‘मतपेटिकाको क्रमसंख्या मिलाउने क्रम जारी छ। मतगणना ११ बजेबाट सुरु हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस