सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यतर्फ नेपाली काँग्रेसले अग्रता बढाएको छ ।
३५ हजार ५६२ मत गणना हुँदा नेपाली काँग्रेसका हृदयराम थानीले १७ हजार २८८ मत पाएर अग्रता लिएका छन् । एमालेका अमृत कुमार बिसीले १४ हजार ५०४ मत पाएका छन् । यो क्षेत्रमा मतगणना सुरु भएदेखि नै काँग्रेसका थानीले निरन्तर अग्रता लिएका छन् ।
पटक पटक यसै क्षेत्रबाट निर्वाचित भएका थानी पूर्वसहकारी मन्त्री हुन् भने पहिलो पटक चुनाव लडेका बिसी सहकारी अभियन्ता हुन् ।







