१२ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘तीन तहका सरकारबीच समन्वय र सहकार्यबाटै सेवा प्रवाह प्रभावकारी बनाउनुपर्छ’ : मुख्यमन्त्री आचार्य

अ अ+ अ-

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावना अनुरूप अघि बढ्नुपर्ने बताएका छन् । तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसके नागरिकलाई सेवा प्रवाह गर्ने काममा समस्या आउन सक्ने उनले बताए।

तानसेन नगरपालिका कार्यालयले शनिबार आयोजना गरेको अन्तरपालिका सिकाइ आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सरकारबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक कानुनी तथा संस्थागत व्यवस्था गर्नुपर्नेमा जोड दिए । 

ऐतिहासिक तथा सांस्कृतिक नगरी तानसेनमा आयोजित कार्यक्रममा सातै प्रदेशका प्रतिनिधिहरू सहभागी हुनु महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले विभिन्न स्थानीय तहले गरेका असल अभ्यास, अनुभव र उपलब्धिबारे गहन छलफल हुने विश्वास व्यक्त गरे । यस्ता छलफलबाट साझा निष्कर्ष निकाल्दै एकअर्काका अभ्यास र अनुभवलाई आत्मसात् गर्न सकिने उनले बताए । 

प्रदेश र स्थानीय तहबीच सहकार्यका लागि कस्ता कानुन आवश्यक छन् र ती कानुनले कसरी परिणाममुखी उपलब्धि हासिल गर्न सक्छन् भन्ने विषयमा पनि गहन छलफल हुनुपर्ने मुख्यमन्त्री आचार्यको भनाइ थियो । स्थानीय तहले आफ्नो कार्यक्षेत्रमा आवश्यक कानुन निर्माण गरिसकेको भए पनि सरकारबीचको समन्वयलाई व्यवस्थित र प्रभावकारी बनाउन थप छलफल तथा साझा समझदारी आवश्यक रहेको उनले बताए । 

अन्य प्रदेश तथा पालिकाका अनुभव र सिकाइलाई आफ्नो कार्यक्षेत्रमा अनुसरण गर्न सके विकास, सुशासन र सेवा प्रवाहका कामलाई प्रभावकारी बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । 

पर्यटकीय सम्पदा, ऐतिहासिक महत्त्व र सांस्कृतिक पहिचानले समृद्ध लुम्बिनी प्रदेश आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र रहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले तानसेनमा आयोजना गरिएको सिकाइ आदानप्रदान कार्यक्रम विभिन्न स्थानीय तहबीच अनुभव साझा गर्ने र सहकार्यको आधार बलियो बनाउने अवसर हुने बताए।

मंसिर १२ र १३ गते सञ्चालन हुने कार्यक्रममा  विभिन्न स्थानीय तहका सहभागीहरूबीच अन्तरपालिका सिकाइ, अनुभव आदानप्रदान र सहकार्यका विषयमा छलफल हुँदैछ ।

0 Comments