काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का रामप्रसाद ढुङ्गानाले नुवाकोट क्षेत्र नम्बर २ ‘क’ मा जित हासिल गरेका छन् । उनले नेकपा (एमाले)का केशवराज पाण्डेलाई पराजित गरे ।
ढुङ्गानाले १२ हजार ११० मत प्राप्त गर्दा एमालेका पाण्डेले ११ हजार ६६२ मत पाएका छन् ।
पाण्डे निवर्तमान प्रदेश सभा सांसद हुन् । जितसँगै ढुङ्गाना वाग्मती प्रदेशसभा सदस्य बनेका छन् ।