१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालिकोटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

अ+ अ-

कालिकोट । कालिकोटमा तीनवटै पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ गरी तीनै उम्मेदवार विजयी भएका हुन् । कालिकोटमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी दलबिच गठबन्धन भएको थियो ।

गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही तथा प्रदेशसभा (१) मा माओवादी केन्द्रका दुर्गबहादुर रावत र प्रदेशसभा (२) मा काँग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका हुन् ।

माओवादी केन्द्रका शाही एमालेका नगेन्द्र शाहीभन्दा ६ हजार मतान्तरले विजयी भएका हुन् । कालिकोटमा खसेको कूल ४६ हजार छ सय ६९ मतमध्ये माओवादी केन्द्रका उम्मेदवार शाहीले २३ हजार सात सय २७ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमाले शाहीले १६ हजार सात सय १८ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।

कालिकोट प्रदेशसभा (१) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार दुर्गबहादुर रावत निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कूर्मराज शाहीलाई एक हजार ५९ मतान्तरले पराजित गरे ।

रावत नौ हजार ११ मतले विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शाहीले सात हजार नौ सय ५२ मत प्राप्त गरेका छन् ।

कालिकोट प्रदेशसभा (२) बाट नेपाली काँग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन् । उनी १३ हजार सात सय ८३ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका वीरेन्द्रबहादुर बोगटीले पाँच हजार आठ सय ३९ मत पाए ।